समाचार

कोदालो बोकेर योजना अनुगमन गर्ने, ल्यावटेष्ट परीक्षण पछि मात्र योजना भुक्तानी गर्ने

रामेछाप । गाउँपालिकाले सञ्चालन गरेको योजनाहरूको अनुगमन गर्न आफै कोदालो बोकेर हिँड्ने लिखुतामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताए । प्रमुख प्रशासकीय अधिकृत भुजेलले भने– गाउँपालिकाका अधिकांश योजना भौतिक पूर्वाधार तर्फका हुने र त्यसमा पनि धेरै मात्रामा सडक स्तरोन्नति हुने गर्दछ । सडक स्तरोन्नति गर्दा सोलिङको काम धेरै हुने हुँदा सोलिङको अनुगमनका गर्दा शङ्का लागेमा बोकेर गएको कोदालोले खनेर हेरेर गुणस्तर परीक्षण गरिनेछ ।
सोलिङ कम्तीमा दह्रो जमिनबाट १५ सेन्टी ढुगां गाडेको हुनु पर्ने र नभए भुक्तानी नगरिने भुजेलले थपे । यस्ता योजनाहरू पुनःनिमार्ण पछि मात्रै स्टमेट अनुसारको काम भए पछि भुक्तानी गरिने उनले बताए ।
सडक, भवन लगायतको कामको गुणस्तर मेसिन द्वारा ल्यावटेष्ट परीक्षण गरेर मात्रै योजनाको भुक्तानी गरिने भुजेलले बताए । योजना अनुगमन चुस्तदुरुस्त हुनेमा कुनै शङ्का नगर्न उनले पालिकावासीहरूमा अनुरोध गरे ।
विगतका समयमा उपभोक्ता समितिले राम्रो काम नगरेको भन्ने जन गुनासो यत्रतत्र आएको हुँदा अनुगमलाई गुणस्तरीय बनाउनको लागी पालिकाले यो विधि अपनाउन लागेको भुजेलले बताए । उनले भने – पालिकावासी ढुक्क हुँदा हुन्छ, लिखुतामाकोशी गाउँपालिकाले सञ्चालन गरेको योजनाहरूको गुणस्तरमा कुनै पनि तल माथि हुन दिन्न् ।

Shares:

Related Posts

समाचार

सिन्धुली जाँदै गरेको सुमो भटौलीमा दुर्घटना

रामेछाप, २२ असोज। जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा टाटा सुमो दुर्घटना भएको छ ।मंगलबार बिहान ४: २० बजेको समयमा भटौली पुल भन्दा माथि मन्थली–खाँडादेवी–सित्खा सडकखण्डमा काठमाण्डौबाट दोलखाको बाटो
समाचार

ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन, सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

सोलुखुम्बु पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक
समाचार

रामेछाप नगरपालिकाले सुरु गर्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय
समाचार

रामेछाप अस्पतालमा चिसो बढेसँगै विरामीको चाप

रामेछाप अस्पतालमा विरामीको चाप बढ्दो रामेछाप । रामेछाप अस्पतालमा चिसो बढेसँगै विरामीको चाप बढेको छ । आजभोली दैनिक विरामीको संख्या बढ्दो छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठका अनुसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *