समाचार

घोक्सिला खोलामा साढे नौ करोडको पुल शिलान्यास

सिन्धुली । गोलन्जोर गाउँपालिका स्थित घोक्सिला खोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । गोलन्जोर गाउँपालिका–६ घोक्सिलामा निर्माण हुन लागेको पुलको गाउँपालिका अध्यक्ष शंकर राज बरालले सोमबार शिलान्यास गरे ।
पुल निर्माण भएपछि त्यस क्षेत्रको नागरिकलाई बाह्रै महिना सहज यात्राका लागि सघाउ पु¥याउने गाउँपालिका अध्यक्ष बरालले बताए । पुलले गाउँपालिका भित्रका घोक्सिला, छेत्पा सहित वैकल्पिक मार्ग हुँदै नयाँखर्क, नाकाजोली र हैबार जोड्ने छ ।
गाउँपालिका अध्यक्ष बरालले भने ‘यो ठाउँमा पुल नहुँदा हामीले बर्खामा धेरै नै दुःख पाएका थियौँ । भोगेको थिएँ। देखेको थिएँ । त्यही कुरालाई मनन गरेर म गाउँपालिका अध्यक्ष निर्वाचित भए देखि नै बागमती प्रदेश सरकारसँग पुल निर्माणका अहोरात्र पहलकदमी गरिरहेँ । त्यसैले सम्भव भएको छ ।’
उनले पुलको अपरिहार्यता र आवश्यकतालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो गुणस्तरीय पुल निर्माण गर्न निर्माण कम्पनीलाई ध्यानाकर्षण गराए। ‘यो क्षेत्रको जनताको लागि पुलको आवश्यकतालाई ख्याल गरेर छिटो पुल निर्माण गर्नुहोला ।,’ निर्माण कम्पनीतर्फ लक्षित गर्दै उनले भने,‘पुल बनाउने मात्र होइन गुणस्तरीय पनि बनाउनुपर्छ, त्यसमा पनि ख्याल गर्नुहोला ।’
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुली र श्रृजना निर्माण सेवा, सिन्धुली २०८१ जेठ १४ गते नौ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसा सम्झौता भएको ७० मिटरको मोटरेवल पुल निर्माण कार्य आगामी १८ महिनाभित्र सम्पन्न हुनेछ ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द कान्त चौधरी, एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश बराल, श्रृजना निर्माण सेवा प्रतिनिधि उद्धव दाहाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Shares:

Related Posts

समाचार

उपनिर्वाचन ः आज मनोनयन दर्ताकाठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म
समाचार

बचतकर्ताको पैसामा मेरो माइक्रोफाइनान्सको कब्जा, फिर्ता मागेको १८ महिनासम्म भएन बचत फिर्ता

रामेछाप । गरिबको घरदैलोमा बैंकिङ सेवा भन्ने नारा बोकेर गाउँ पसेका लघुवित्तहरू कसरी सर्वसाधारणको रगत चुस्ने संयन्त्र बनिरहेका छन् भन्ने एउटा चित्र रामेछापको मन्थलीमा सार्वजनिक भएको छ। मेरो माइक्रोफाइनान्स लघुवित्त
समाचार

रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रमा पु¥याउने प्रतिबद्धता

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठ (कुशल) ले रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रको निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमवार मन्थलीमा
समाचार

पूर्वाधार विकास कार्यालयको कागजमा राजमार्ग, धरातमा धुलो

रामेछाप । जिल्लाको कोलन्जोरघाट–साँघुटार सडक मर्मतको कुरा फेरि पनि उठेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा स्थलगत निरीक्षणमा पुगे र उनले तत्काल सडक सञ्चालनयोग्य बनाउन निर्देशन दिए । स्थानीयलाई भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *