समाचार

गाउँपालिका बाट लिने सेवा सुविधाको विद्यालयमा अक्षयकोष स्थापना

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय बाबुको पूर्णबहादुर खड्काको नाममा अक्षयकोष बनाएका छन् । अध्यक्ष खड्काले सेवा सुविधाबाट आउने रकमबाट २ लाखको अक्षयकोष गोकुलगंगा माध्यमिक विद्यालयमा स्थापना गरे ।
गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर अध्यक्ष खड्काले पूर्णबहादुर खड्का अक्षय कोषको घोषणा गरेका हुन् । उनले घोषणा गरेको कोषकालागी कबोल गरेको रकम समेत चेक मार्फत हस्तान्तरण गरेका छन् । उनले भावी दिनमा यो कोषलाई अझै मजबुत बनाउँदै जाने समेत उद्घोष गरे ।
आफ्ना बुबाले सुरु गरेको विद्यालय भएकै कारणले आफू पढेको विद्यालय भन्दा बढी मायाले आफ्ना स्वर्गीय बुबाको सम्मानका लागी यो अक्षयकोष स्थापना गरेको अध्यक्ष खड्काले बताए । खड्काले भने – मैले गोकुलगंगा गाउँपालिकाको अध्यक्ष भएर हेर्दा पालिका भरिका सबै विद्यालयलाई समान ढंगको व्यवहार गर्न पर्छ । तर पनि गोकुलगंगा माध्यमिक विद्यालयसँग मेरो बुबा जोडिनु भएकोले यस विद्यालयलाई विशेष रूपले हेर्नेछु र व्यक्तिगत सहयोग गर्न कुनै कसर छाड्दिन ।
खड्काले विगतलाई स्मरण गर्दै भने – गोकुलगंगा माध्यमिक विद्यालय सुरुवात हुँदा ३ वर्ष सम्म कुनै सेवा सुविधा नलिई हाम्रो बुबाले शिक्षकका रूपमा सेवा गर्नु भएको सुनाउनु भएको थियो । बुबाले भन्नु भएको कुरा अनुसार गोकुलगंगा मावि ३१ साल अगावै स्थापना भएको हो ।
शिक्षा नै देशको नर्सरी भएको कारणले आफूले निजी तरिकाले होस् या पालिकाको तर्फबाट शिक्षालाई गुणस्तरीय बनाउने विशेष योजनाका साथ अघि बढेको समेत खड्काले बताए ।

Shares:

Related Posts

समाचार

चनखुमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट १८० किसान लाभान्वित

रामेछाप । पशु स्वास्थ्य सेवा प्रवद्र्धन र किसानलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यसहित मन्थली नगरपालिका–१०, चनखुमा एक दिने निःशुल्क पशु स्वास्थ्य तथा परजीवी नियन्त्रण शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न
समाचार

रामेछाप नगरपालिकाका ९ वटै वडा एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाका ९ वटै वडा मंगलबार एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन्। नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै आएको प्रगतिको आधारमा वडा नं १ गोठगाउँ,
समाचार

कृषल कन्ट्रक्शनको काम, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे

रामेछाप । खिम्ती फर्पू नामाडी सडक मर्मत गरेको एक महिना नबित्दै भत्किन थालिसकेको छ । खिम्ती फर्पू नामाडी सडकको नामाडी बजार नजिकै सडकमा काम सकेको एक महिना नबित्दै कालोपत्रे उप्किन
समाचार

नेपाली काँग्रेसको नेतृत्व परिवर्तन जरुरी छ ः केन्द्रीय सदस्य पौडेल

रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्। बिहीबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसले अब नयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *