समाचार

कृष्णपुरी मावि सफल भयो सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि

कृष्णपुरी मावि सफल भयो सुनाप गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि
रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले उचाल्न सफल भएको । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित सबै भन कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले जितेको हो । त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको छ भने पशुपति मावि सुनापति– ३ नागसिवाले ३ स्वर्ण पदक जित्दै तेस्रो भएको छ ।
त्यस्तै कृष्णवर्णेश्वर मावि सुनापति– २ मानपुरले २ स्वर्ण जितेको छ भने कुशेश्वर मावि सुनापति–४ बेथानले २ स्वर्ण जितेको छ । त्यस्तै सतलिङ्गेश्वर मावि सुनापति– १ गुन्सीले १ स्वर्ण पदक जितेको छ भने जलदेवी मावि सुनापति– ५ खनियापानीले १ स्वर्ण जितेको छ । प्रतियोगितामा भाग लिएका अग्लेश्वर मावि सुनापति–२ दिमीपोखरी र बाल मावि भिरकोटले भने एउटा पनि स्वर्ण पदक हात पर्न सकेनन् ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगितामा भाग लिने खेलाडीहरूले कुनै पनि हारजितको रूपमा नहेरी निरन्तर अभ्यासको रूपमा लिन आग्रह गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भाग लिएर शिल्ड जित्नेगरी अभ्यास गर्न आग्रह गरे । उनले आगामी दिनमा पनि खेललाई प्राथमिकतामा राखेर गाउँपालिकाले खेल क्षेत्रको बिकासको निम्ति अघि बड्ने बताए । खेलाडी रास्ट्रको गहना संगै गाउँपालिकाको पनि सम्पति भएको हुँदा सधै सम्मान गरिरहने बताए। तेस्तै आगामी २०७३ मा हुने जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा खेलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई आगामी हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुनका लागि अभ्यासका खेलहरू खेलाइने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए ।
प्रतियोगिताको समापन तथा शिल्ड, मेडल र प्रमाणपत्र वितरण कार्यक्रम सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको गाउँपालिका उपाध्यक्ष गिता विष्ट, गाउँपालिका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष पदम थापा, वडा नं १ का वडाध्यक्ष ध्रुव चौलागाई, वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङ, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नं ५ का वडाध्यक्ष चित्रबहादुर मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि सुरु भएको खेल मंगलरबार सम्पन्न भएको सातौं रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।

Shares:

Related Posts

समाचार

जनाताको आखाँमा छारो हाल्दै निर्माण व्यवसायी खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दै

रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।शंकर–सिम्रन–प्रथमा
समाचार

रामेछापमा टिपर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु

रामेछाप । टिपर पल्टिँदा एक जनाको घटना स्थलै मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित सेलेघाटमा टिपर पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटना स्थान
समाचार

वडा नं ७ सुकाजोरले ५ सय बढी घरपरिवारको निशुल्क गर्यो स्वास्थ्य बिमा

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले निशुल्क नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सय भन्दा बढी घरपरिवारको स्वास्थ्य
समाचार

प्रेस चौतारी विशेष पत्रकारिता पुरस्कार वि.क.लाई

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको विशेष पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार लेख बहादुर वि.क.सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल रामेछाप कमिटीले हरेक वर्ष प्रदान गर्दै आइरहेको विशेष पत्रकारिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *