समाचार

वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा दुई नगरपालिका सम्मानित

जिल्ला समन्वय समिति रामेछापले रामेछाप नगरपालिका र मन्थली नगरपालिकालाई सम्मान गरेको छ । वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मन्थली नगरपालिका र स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा रामेछाप नगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको भन्दै कदर पत्रद्वारा सम्मान गरिएको हो ।
सरकारी मापदण्डका आधारमा जिल्ला समन्वय समितिले सवै पालिकाहरूलाई समावेश गरी गरेको मूल्याङ्कनमा दुई वटा फरक फरक विधामा उत्कृष्ट अंक ल्याउने पालिकालाई सम्मान गरिएको जिसस प्रमुख चिना खड्काले बताइन् । आगामी वर्षबाट अन्य स्थानीय निकायहरूलाई पनि मूल्याङ्कनको कसीमा आउने गरी काम गर्न पनि खड्काले आग्रह गरिन् । उनले जिल्लाको समग्र विकासको मूल प्रवाहका लागि जन प्रतिनिधि,सरकारी कर्मचारी र नागरिक समाजको समेतको उत्तिकै हात रहेको भन्दै जिल्लाको विकासमा सबैलाई एक जुट भएर लाग्न समेत आग्रह गरिन् ।

Shares:

Related Posts

समाचार

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित

१४ कात्तिक, रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा
समाचार

सुनकोशीमा बन्ने भयो बेलिब्रिज

सिन्धुली । सुनकोशी नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । हेटौंडाबाट बेलिब्रिजका सामान लिएर ट्रकहरु हिडेको हिडेका छन् । सामान सहित ट्रक हिडेको हुदाँ तत्कालै बेलिब्रिज बन्ने भएको ।गत हप्ताको
समाचार

देशको विकास निर्माणमा सबैको सहकार्य आवश्यक– नगर प्रमुख श्रेष्ठ

मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । जिल्ला कृषि सहकारी संघ रामेछापको शनिवार सम्पन्न छैठौँ साधारण सभामा आफ्नो भनाई राख्दै नगर
समाचार

मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा रामेछाप । जिल्लाका ८ वटा स्थानिय तह मध्ये मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नेमा पहिलो भएको छ । बुधबार(आज) बागमती प्रदेशका सामाजिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *