समाचार

लिखु तामाकोशी गाउँपालिकाले बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । पालिकाले पालिका भित्रका वृद्धबृद्धा र गर्भवती महिलालाई पर्ने समस्यालाई ध्यानमा राखी यो निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको महतले बताए । पालिकाको वडा नं. ४ मा सञ्चालित जनतासँग जनप्रतिनिधि कार्यक्रममा अध्यक्ष महतले सो कुरा बताएका हुन् ।
गाउँमा बृद्धबृद्धा र गर्भवती महिलाहरूको स्वास्थ्य अवस्था उच्च जोखिममा रहने भएकोले पालिकाले उनीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख किशोरी साहले बताए। उनले भने– अहिले धेरै जसो बृद्धबृद्धाहरु गाउँमा बस्ने भएकोले र गर्भवती आमा र बच्चाले उपचारका कारणले अकालमा ज्यान गुमाउन नपरोस् भनेर एम्बुलेन्स सेवा निःशुल्क गरिएको हो ।
गाउँपालिकाले १५ शैयाको अस्पताल बनाइरहेको छ। त्यो अस्पताल बनेपछि यहाँका नागरिकले महँगो उपचारका लागि सहरका अस्पताल जान पर्दैन। कोरोनाभाइरसको महामारीको बखतमा पालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्दा सम्बन्धित लाभग्राहीले भन्दा बाहेककाले एम्बुलेन्स प्रयोग गरेको पाइएकोले बृद्धबृद्धा र गर्भवती महिलाहरूका लागि मात्र लक्षित गरी निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको अध्यक्ष महतले बताए । पालिका अध्यक्ष महतले थपे – हामीले अरू नागरिकका लागि पनि सस्तो र सुलभ मूल्यमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका छौँ ।
पालिकाको वडा नं. ४ मा सञ्चालित जनतासँग जनप्रतिनिधि कार्यक्रममा नागरिकले खासै गुनासो पोखेनन् । गुनासो पोख्न उठेका त्रिविक्रम महतले समेत गुनासो भन्दा बढी पालिकालाई आगामी आर्थिक वर्ष २०८१÷ ८२ का लागी तयार गरिने नीति तथा कार्यक्रमका लागी सुझाव दिए ।
पालिकाले पिउने पानीको समस्यालाई सुझाउन वडा तथा पालिका स्तरबाट काम भई रहेको वडा अध्यक्ष दीपक पुलामी मगरले बताए । उनले भने – यहाँका नागरिकको मुख्य समस्या भनेको पिउने पानी हो, यसको लागी हामीले काम गरी रहेका छौँ । आगामी आर्थिक वर्ष देखि यहाँ पिउने पानीको समेत समस्या रहनेछैन ।

Shares:

Related Posts

समाचार

परियोजना कार्यान्वयन इकाई रामेछाप द्धरा अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र वितरण

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह,
अन्य

नीति निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम

रामेछाप । रामेछाप नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला तथा राजनीतिक दलहरू
समाचार

खैरेनीघाट–दुम्जा सडकमा बेलिब्रिज जडान सुरु

रामेछाप — पश्चिम रामेछापलाई बिपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने मुख्य मार्ग मानिने खैरेनीघाट–दुम्जा सडक खण्डमा बेलिब्रिज जडानको प्रक्रिया तीव्रताका साथ अघि बढ्दैछ । सुनकोशी नदीमा गएको वर्ष असोज दोस्रो सातामा आएको
समाचार

राजधानी धाउनुपर्ने बाध्यता अन्त्य ः रामेछाप अस्पतालमा भाँचिएको हड्डीको सफल शल्यक्रिया

रामेछाप । रामेछाप अस्पतालले जिल्लाको स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ। अस्पतालमा पहिलोपटक हड्डी भाँचिएको बिरामीको शल्यक्रिया सफल भएपछि अब जिल्लावासीलाई हड्डीसम्बन्धी उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्यतिर उन्मुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *