समाचार

क्यान्सर पीडित खड्कालाई रामेछापका काँग्रेस नेताहरुले गरे नगद सहयोग

रामेछाप । नेपाली काग्रँेस रामेछापका नेताहरुले हड्डी क्यान्सर पिडित शिवबहादुर खड्कालाई नगद सहयोग गरेका छन् । मन्थली नगरपालिका ३ कठजोर निवासी शिवबहादुर खड्का विगत केहि समय देखि हड्डी क्यान्सरबाट पीडित थिए । खड्काको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचारका लागी त्यसै वडाका नेपाली काँग्रेसका यूवा नेता तथा क्षेत्रीय सचिव राजकुमार केसी, सुरेश बस्नेतले संयूक्त रुपमा नगद संकलन गरि २ लाख २२ हजार ४ सय ९१ रुपैयाँ नेपाली काग्रँेस रामेछाप (क) क्षेत्रीय सभापति निरोज खड्का, महाधिवेशन प्रतिनिधि यूवराज भट्टराई लगायतको उपस्थितिमा सम्बन्धित पीडितलाई हस्तान्तरण गरे ।
क्यान्सर पीडित खड्काले नेपाली काँग्रेसका यूवाहरुले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता, चासो र सहयोगले ठुलो राहत महसुस भएको बताए ।
केहि साथीहरुले अझै सहयोगको बचन दिनुभएको छ । यो रकममा अरु केहि थप हुन सक्छ । हाम्रो प्रयासले उहाँलाई डायलासिस गर्न थोरै भएपनि मदत मिल्ने अपेक्षा गरेका छौं ’अभियन्ता राजकुमार केसीले भने । सो रकम करिव ८० जना नेता तथा कार्यकर्ताबाट संकलित गरिएको थियो ।

Shares:

Related Posts

समाचार

मन्थली नगरपालिकाको १६ औँ नगर सभा सम्पन्न वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको छ । यो अवधिमा नगरको विकास बजेट पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै
समाचार

रामेछापका २१ सरकारी कार्यालयद्वारा सूचनाको हकको उल्लंघन, अझै ४ कार्यालयले तोकेनन सूचना अधिकारी

रामेछाप । रामेछापका धेरै सरकारी कार्यालयहरूमा सूचनाको हकसम्बन्धी कानुनको कार्यान्वयन कमजोर देखिएको छ। जिल्ला हुलाक कार्यालय रामेछापले गरेको पछिल्लो अनुगमनमा ४७ मध्ये २१ कार्यालयले अनिवार्य स्वतः सूचना प्रकाशन नगरेको पाइएको
राजनीति

ईश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन,

रामेछाप । रामेछाप जिल्लामा उपमेयर्स फोरम गठन गरिएको छ । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतलाई फोरमको संयोजकत्व चयन गरेको छ ।मन्थली नगरपालिकामा भएको न्यायिक समितिको
समाचार

मन्थली अस्पतालले गर्यो टेलिमेडिसिन सेवा सुरु

रामेछाप । जिल्लाको मन्थली नगरपालिका– १ को मन्थली अस्पतालले जिल्लामा पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। बिरामीलाई धुलिखेल अस्पतालमा रहँदै आएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *