समाचार

आँखा जाँच सिबिरमा १४३ जना कैदि बन्दीहरुले सेवा लिए

रामेछाप । रामेछाप जिल्ला कारागार रामेछापमा शनिवार आँखा जाँच सिबिर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, रामेछाप शर्जिकल आँखा केन्द्र रामेछाप, जिल्ला कारागार रामेछाप र रामेछाप ग्रामीण आँखा केन्द्रको आयोजनामा संचालन भएको आँखा जाँच सिबिरमा १४३ जना कैदि बन्दीहरुले सेवा लिएका हुनु । आँखा जाँच सिबिरमा चस्मा लगाउनु पार्ने ४० जना, आँखा पाकेका ३ जना, आँखा चिलाउने ९ जना र अरु समान्य समस्या देखियका ८८ जना कैदि बन्दीहरुले आँखा जाँच सिबिरमा सेवा प्राप्त गरेका थिए । तेस्तै मोतियाबिन्दु को अप्रेशन गर्नु पर्ने ३ जना भेटिएकाले यहि चैत १ र २ गते रामेछाप शर्जिकल आँखा केन्द्र मन्थलीमा हुने अप्रेशन सिविरमा अप्रेशन गरिने रामेछाप शर्जिकल आँखा केन्द्र रामेछापका आँखा स्वास्थ्य कार्यकर्ता पुस्कल घिमिरले जानकारी दिए । आँखा जाँच सिबिरको आर्थिक सहयोग भने हिमालयन मोतियाबिन्दु परियोजनाका यु एस ए को रहेको थियो ।

Shares:

Related Posts

समाचार

प्रगतिशील मावि भिरपानीको हीरक महोत्सव सम्पन्न

रामेछाप — खाँडादेवी गाउँपालिका–३ स्थित प्रगतिशील माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६०औँ वर्षगाँठ (हीरक महोत्सव) शनिबार भव्य रूपमा मनाएको छ। आयोजित विशेष समारोहबीच गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले महोत्सवको समुद्घाटन गरेका थिए।महोत्सवको
समाचार

यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणारामेछाप । जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार
समाचार

२ महिनाका लागि कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुई महिना सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी तर्फको क्षेत्र,

Leave a Reply

Your email address will not be published. Required fields are marked *