समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा
रामेछाप । जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार विशेष कार्यक्रमका साथ सम्पन्न घोषणाले मन्थलीलाई बालमैत्री नगरपालिका बन्ने दिशामा एक महत्त्वपूर्ण चरण पार गराएको छ ।
बाल अधिकार प्रवद्र्धन, संरक्षण, विकास, सहभागिता र संस्थागत सुदृढीकरणका पाँच मुख्य पक्षमा आधारित ५१ वटा सूचकहरू पूरा गरेपछि जिल्ला समन्वय समिति रामेछापको सिफारिसमा मन्थलीका सबै वडाहरूलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो। नगरका सबै वडामा बाल–मैत्री पूर्वाधार, कार्यक्रम र प्रक्रियाहरू अवलम्बन गरिँदै आएको छ, जसमा बाल सुरक्षाका योजना, बाल क्लबहरूको सक्रियता, विद्यालय तथा समुदायमा बाल सहभागिता अभिवृद्धि, र बाल–मैत्री सेवा पहुँच सुनिश्चित गरिएका छन् ।
घोषणाको अवसरमा मन्थली नगरका सबै वडामा छुट्टाछुट्टै विशेष कार्यक्रम आयोजना गरिएका थिए। प्रत्येक वडामा स्थानीय संस्कृति झल्काउने झाँकी, परम्परागत पोशाकमा नृत्य, ब्यानर र झन्डासहितको ¥यालीले वातावरण रङ्गिन बनाएको थियो। सामुदायिक स्थल, विद्यालय र सार्वजनिक भवनहरू विशेष सजावट गरिएको थियो भने बाल संरक्षणका सन्देशसहितका बोर्ड र पोस्टरहरूले कार्यक्रमलाई अर्थपूर्ण बनाएका थिए ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, शिक्षक, अभिभावक, बाल क्लब सदस्य र सरोकारवाला निकायका प्रतिनिधिहरूले बालमैत्री कार्यलाई दिगो बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । अब वडा–स्तरको उपलब्धि र प्रगतिको विस्तृत प्रतिवेदन बाग्मती प्रदेश सरकारमा पठाइनेछ। सो प्रतिवेदन प्रदेशस्तरबाट अनुमोदन भएपछि मन्थली नगरपालिकालाई सम्पूर्ण रूपमा ‘बालमैत्री नगरपालिका’ घोषणा गरिने प्रक्रियामा अगाडि बढाइनेछ ।
मन्थलीको पछिल्लो उपलब्धिले बाल अधिकार संरक्षणको क्षेत्रमा रामेछाप जिल्ला अग्रणी बन्दै गएको संकेत गरेको छ । बालमैत्री अभ्यासलाई अझ प्रभावकारी र दिगो बनाउँदै लैजान सबै सरोकारवालाको सक्रिय सहभागिता अपेक्षित छ ।
यसअघि रामेछाप नगरपालिकाका सबै ९ वडाहरूलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिसकिएको छ ।

Shares:

Related Posts

समाचार

रामेछाप वाईसिएल नेपालको ५ औँ जिल्ला सम्मेलन सम्पन्नः रामचन्द्र सुनुवारको नेतृत्वमा नयाँ समिती चयन

रामेछाप । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र काे भातृ संगठन योङ कम्युनिस्ट लीग नेपाल ( वाईसिएल ) रामेछापको ५ औँ जिल्ला सम्मेलनबाट सर्वसम्मत नयाँ सदस्यीय कमिटी चयन गरिएको छ ।
समाचार

दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता २०८० शुरु

रामेछाप , २३ माघ । मन्थली नगरपालिकाले द्धारा आयोजीत दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता–२०८० आज बाट सदरमुकाम मन्थलीमा शुरु भएको छ ।मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा
समाचार

फोनिज रामेछापले मनायो २६ औं स्थापना दिवस, दुई पत्रकार सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६ औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा
समाचार

महिलावादी अनुपम अभियान २०८४ मा महिला, हुनुपर्छ पहिला

रामेछाप । रामेछापमा महिलावादी अनुपम अभियान सुरु भएको छ । अन्तर पुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गतको साझा कार्यक्रम रामेछापमा पनि सुरु भएको हो ।शनिवार रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *