समाचार

स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवालासँग अन्तरकृया

स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा छलफल भएको हो ।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गनुभयो । “सुविधा सम्पन्न जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था भए धेरै बिरामी उपचार गर्न यहाँ आउने थिए । यसमा मन्त्रालयले सहयोग गर्नुपर्छ” उहाँले भन्नुभयो ।
स्वास्थ्य क्षेत्रमा नगरपालिकाले समुदाय स्तरमा धेरै कामहरु गरेको भएपनि ठुला र देखिने कामहरु संघ र प्रदेश सरकारको सहयोग बिना गर्न नसकिने नगर प्रमुख न्यौपानेको भनाई छ । “हाम्रो नगरपालिकाको आन्तरीक आम्दानी निकै कम छ । हामीले गर्नुपर्ने कामहरु धेरै छन तर गर्न सकिएको छैन” उहाँको भनाई थियो । पछिल्लो समय दिर्घ रोगीहरु बढी रहेको भन्दै उहाँले यसको न्युनिकरणका लागी सरकारले विशेष अभियान नै संचालन गरेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी काकीले अझै पनि दुर्गम ठाउँका धेरै महिलाहरु बाटोमै सुत्केरी हुने अवस्था रहेको बताउनुभयो । गरिबी, भौगोलीक विकटता, यातायातको समस्या र जनचेतनाको कमीले धेरै गर्भवती तथा सुत्केरी आमा र बच्चाहरुले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले योजना बनाउँदा यस्ता कुराहरुलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई थियो । रामेछाप नगरपालिकाका ५ वटा विद्यालयमा नर्सको व्यवस्था रहेका बताउँदै उहाँले सरकारले सबै माध्यमिक विद्यालयहरुमा नर्सको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रामेछाप नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापा,नगरपालिकाको स्वास्थ्य शाखा संयोजक विष्णु बहादुर कार्की र वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गले पनि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गर्दै आएको काम र विभिन्न सुझावहरु राख्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जिल्लामा स्वास्थ्य क्षेत्रमा भएको कामहरुको बारेमा जानकारी गराउँदै २ वर्षयता मातृ मृत्युदर शून्य रहेको बताउनुभयो । रामेछापका स्थानिय सरकारहरुले स्वास्थ्य क्षेत्रमा धेरै राम्रा कामहरु गरेको भन्दै उहाँले अझै पनि कतिपय स्वास्थ्य संस्थामा भवनको अभाव रहेको बताउनुभयो । भवनको अभाव रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य मन्त्रालयले भवन निर्माण गर्न सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा.केशव श्रेष्ठले अस्पतालको समस्याहरुको बारेमा जानकारी गराउनुभयो । उहाँले रामेछापमा सुविधा सम्पन्न जिल्ला अस्पताल भएपनि धेरै बिरामीहरु राजधानी केन्द्रित अस्पतालमा जाने गरेको बताउनुभयो । जिल्लामै राम्रो उपचार र सेवा पाइन्छ भन्ने कुरा थाहा नभएर धेरै नागरीकको समय र पैसा खर्च हुने गरेको उहाँले बताउनुभयो ।
अब सबै पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई छलफलमा बोलाएर सबै पालिकाबाट बिरामीहरु जिल्ला अस्पतालमा रेफर गर्ने सेन्टर बनाउन लागिएको उहाँको भनाई छ । सदरमुकाम मन्थलीबाट रामेछाप बजार आउने सवारी साधनको समस्याले पनि अस्पतालमा बिरामीको संख्या घटेको मेसु श्रेष्ठले बताउनुभयो । उहाँले दिनमा ४ देखी ५ पटक रामेछाप मन्थली नगर बस चलाउन सके मात्रै पनि जिल्लाका धेरै बिरामीहरुले जिल्ला अस्पतालबाट सेवा लिन पाउने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख चुमनलाल दासले स्वास्थ्य क्षेत्रको सुधारका लागी दुर्गम जिल्लाहरुमा पुगेर समस्याहरु संकलन गर्ने काम भइहेको बताउनुभयो । सोही क्रममा रामेछापमा स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा सरोकारवालाहरुसँग सुझाव लिएको बताउनुभयो । सरोकारवालाहरुबाट आएका सुझावलाई स्वास्थ्य मन्त्रालयले अबको योजनामा समावेश गरेर काम गर्ने उहाँको भनाई छ ।

Shares:

Related Posts

समाचार

सुनकोशीमा बन्ने भयो बेलिब्रिज

सिन्धुली । सुनकोशी नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । हेटौंडाबाट बेलिब्रिजका सामान लिएर ट्रकहरु हिडेको हिडेका छन् । सामान सहित ट्रक हिडेको हुदाँ तत्कालै बेलिब्रिज बन्ने भएको ।गत हप्ताको
समाचार

छिमेकले दियो गाईभैसी पालन तालिम

रामेछाप । छिमेक लघुवित्त वित्तीय संस्था लि. रामेछाप शाखाले ३ दिने आधारभूत गाईभैसी पालन तालिम सम्पन्न गरेको छ । जिल्लाको मन्थली न.पा–४, सालु स्थित श्री आधारभूत विद्यालय सामली स्थानमा छिमेकले
समाचार

सुनापति गाउँपालिका चौथो गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा

रामेछाप– जिल्लाको सुनापति गाउँपालिका चौथो गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा परेको छ । बुधवार (हिजो) भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई
समाचार

पर्यटन प्रवर्धनका लागि सुनपाती गाउँपालिकाले सुरु गर्यो जलयात्रा (-याफ्टिङ)

रामेछाप । सुनकोसीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्धनको लागि सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा सो सेवा सञ्चालनमा ल्याइएको हो । सुनकोसी–सुनपाती–लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रको आयोजना ¥याफ्टिङ सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *