समाचार

विशेषज्ञ चिकित्सक द्वारा निःशुल्क जाँच कार्यक्रममा ७५ जनाले लिए सेवा

रामेछाप । जिल्ला अस्पताल रामेछापले मानसिक तथा नसा रोग र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले माघ महिनाको नियमित कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गरेको हो । हरेक महिनाको अन्तिम बुधवार हुने कार्यक्रममा मानसिक तथा नसा रोग सम्बन्धीको सेवामा ३५ जना र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी सेवामा ४० जनाले सेवा लिए ।
विशेषज्ञ चिकित्सक द्वारा निःशुल्क जाँच कार्यक्रममा जो सुकैले पनि सेवा लिन सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशव श्रेष्ठ जानकारी दिए । जाँचका लागि शिविरमा आएका बिरामीहरूको अप्रेसन गर्नु पर्ने भए अप्रेसन पनि गरिने श्रेष्ठले बताए ।
शिविरमा रामेछाप लगायत लिखु गाउँपालिका ओखलढुंगा देखि आएर सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गतको यो विशेष कार्यक्रम संचालन गरिँदै आइएको हो ।

Shares:

Related Posts

समाचार

चेपाङको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्रीले दिए २ लाख

हेटौँडा– राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि
समाचार

गोकुलगंगा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा उत्कृष्ट

रामेछाप । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ताजा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा रामेछापका आठ स्थानीय तहमध्ये गोकुलगंगा गाउँपालिकाले ९२ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामै
समाचार

रामेछाप उद्योग वाणिज्य संघले माघ १६ देखि २६ सम्म प्रदर्शनी मेला गर्ने

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको कृषि, उद्योग र पर्यटन प्रवर्धनको लागि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ । माघ १६ देखि २६ सम्म ११ दिने
समाचार

नेपाली काँग्रेस रामेछापले महासमिति निर्वाचनको मिति तोकियो ।

रामेछाप । नेपाली काँग्रेस रामेछापले महासमितिको निर्वाचन मिति तय गरेको छ । पार्टीको आन्तरिक विवादमा कारण अनिश्चित कालको लागि स्थगित गरिएको काँग्रेस महासमिति सदस्यको निर्वाचन फागुन १ गतेका लागि तोकिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *