समाचार

YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन

 

रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन गर्दै केशव पाख्रिनलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

नवगठित नगर समितिमा उपाध्यक्षमा अजित लामा र विवेक बज्राचार्य रहेका छन्। त्यसैगरी सचिवमा मनोज माझी, सह-सचिवमा पुजन श्रेष्ठ र भुवन कार्की चयन भएका छन्।

सम्मेलनले १३ जना सदस्य पनि चयन गरेको छ। सदस्यमा सुरेश माझी, रमेश विसुके, सम्भु बसेल, प्रकाश भुजेल, मुस्कान श्रेष्ठ, दिपेन्द्र वर्मासाख, रामकृष्ण गिरी, विशाल बोहोरा, गणेश मिजार, सरोज चौधरी, महेश खत्री, दिनेश वर्मासाखा र सुजन भुजेल रहेका छन् ।

कार्यक्रममा YCL तथा नेकपाका स्थानीय नेतृत्व, युवा प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनले संगठनलाई अझ सुदृढ बनाउने रणनीति तय गर्नुका साथै स्थानीय तहमा युवाको भूमिकालाई सक्रिय र प्रभावकारी बनाउने संकल्प गरेको छ।

नगर समितिको कोषाध्यक्ष भने चयन हुन बाँकी रहेको नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटि सचिव राम तामाङले बताए ।

Shares:

Related Posts

समाचार

२ महिनाका लागि कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुई महिना सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी तर्फको क्षेत्र,
समाचार

यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या
समाचार

बचतकर्ताको पैसामा मेरो माइक्रोफाइनान्सको कब्जा, फिर्ता मागेको १८ महिनासम्म भएन बचत फिर्ता

रामेछाप । गरिबको घरदैलोमा बैंकिङ सेवा भन्ने नारा बोकेर गाउँ पसेका लघुवित्तहरू कसरी सर्वसाधारणको रगत चुस्ने संयन्त्र बनिरहेका छन् भन्ने एउटा चित्र रामेछापको मन्थलीमा सार्वजनिक भएको छ। मेरो माइक्रोफाइनान्स लघुवित्त
समाचार

पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताए। मन्थली

Leave a Reply

Your email address will not be published. Required fields are marked *