समाचार

एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने

रामेछाप पौष १८ । जिल्लाको उमाकुण्ड गाउँपालिकाले एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने बताएको छ । गाउँपालिकाका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको संयुक्त बैठक प्रश्चात गाउँपालिकाले एसइई परीक्षामा अधिकतम विद्यार्थी राम्रो नतिजाका साथ उत्तीर्ण गराउन तीन महिने स्मार्ट एसइई तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
एसइईमा सहभागी हुने विद्यार्थीको प्रत्येक शनिवार साप्ताहिक परीक्षा सञ्चालन गरी सिकाई उपलब्धि सुधारका लागि पृष्ठपोषण प्रदान गरिनेछ । सबै विद्यार्थीको न्यूनतम सिकाई उपलब्धि ४० प्रतिशत सुनिश्चित गरी माध्यमिक विद्यालयमा अध्ययनरत न्यून सिकाई उपलब्धि भएका कमजोर विद्यार्थीहरूको पहिचान गरी सुधारात्मक कक्षा सञ्चालन हुनेछ ।
विषयगत सिकाई उपलब्धिको आधारमा विद्यालय र शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गरी सोही बमोजिम प्रोत्साहन र दण्डित गर्ने तथा सुधारात्मक तथा उपचारात्मक कक्षा सञ्चालन गर्न स्रोतको व्यवस्था गाउँपालिकाले गर्ने निर्णय गरेको उमाकुण्ड गाउँपालिका शिक्षा शाखा अधिकृत वासुदेव मश्राङ्गीले बताए । उनले भने – गाउँपालिका शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न योजना बनाएर लागि परेका छौँ । सामुदायिक शिक्षामा सुधार अहिलेको आवश्यकता भएकोले यो कुरामा गम्भीर बनेर स्थानीय सरकारले विभिन्न योजनाहरू बनाएको छ । एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन पनि यही योजना अन्तरगतको एक हो ।
विकासको पहिलो सूचक शिक्षा हो । शिक्षा क्षेत्रको विकास नभई अन्य जति काम गरे पनि समाज परिवर्तन नहुने भएकोले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ – गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले भने ।

Shares:

Related Posts

समाचार

लिखु तामाकोशी गाउँपालिकाले पालिकामा माटो परीक्षण गर्ने

रामेछाप। जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पालिकामा नै माटो परीक्षणको व्यवस्था गर्ने भएको छ। पालिकाले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्ने कृषि तथा पशुपक्षी विकास
समाचार

खानेपानीको अभाले मुहान खोज्दै लिखुतामाकोेशी गाउँपालिका

रामेछाप । आफ्ना नागरिकलाई पिउन पानीको समस्या परेपछि पानीको मुहान खोज्दै हिँडेका छन् केशव महत । महत लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष हुन् । लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ३,४ र
समाचार

यातायात व्यवस्था कार्यालय, खुर्कोटमा लाइसेन्सको ट्रायल, परीक्षा स्थगित

सिन्धुली । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालय, खुर्कोटले नियमित रूपमा सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आगामी
समाचार

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँ

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँरामेछाप । रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *