समाचार

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँ

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँ
रामेछाप । रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले पोषणयुक्त खानेकुरा वितरण गरेकी हुन् । गर्भवती महिलाहरूको लागी निःशुल्क भिडियो एक्सरे सेवा पनि प्रत्येक वडामा पुगेर प्रदान गरिएको उपप्रमुख कार्कीले बताइन् ।
अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरूको संख्या बढाउन र पौष्टिक खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम निकै प्रभावकारी भएको उनले बताइन् । घरघरमा सुत्केरी गराउने प्रचलन हटाउन र सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सुत्केरी कोसेली झोला उपहार दिइएको हो ।
मंगलबार वडा नं ७ सुकाजोरका १७ जना सुत्केरी र १४ जना गर्भवती महिलालाई पौष्टिक तत्त्वयुक्त खानेकुरा वितरण गरिएको हो । गर्भवती महिलालाई अण्डा र सुत्केरी महिलालाई घ्यू, तेल र बेबी किट वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

Shares:

Related Posts

समाचार

रेस्टले १६ दिने लङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न गर्योरामेछाप । रेस्ट पैरवी समूहको आयोजनामा १६ दिने लङ्गिक हिंसा विरुद्धको अभियान गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीमा सप्पन्न भएको छ ।
समाचार

दोरम्बा हत्याकाण्ड २२ वर्ष पुरा, रगतको हिसाब कहिले हुने ?

रामेछाप । नेपालको जनयुद्धकालीन इतिहासमा कालो अध्यायका रूपमा चिनिने दोरम्बा हत्याकाण्डलाई २२ वर्ष पुगेको अवसरमा शनिबार माओवादी केन्द्र रामेछापले मन्थलीमा शहीद स्मरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सम्झेको छ ।केन्द्रका
समाचार

स्थानिय कच्चा पदार्थ प्रयोग गर्दै, दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

रामेछाप । पछिल्लो समय लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने
समाचार

पुर्ण रुपमा चार घर सहित हावाहुरीका कारण एक दर्जन घरमा क्षति

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँमा हावाहुरीले क्षति पु¥याएको छ । शनिबार दिउँसो आएको तीव्र गतिको हावाहुरीका कारण एक चर्च र तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *