समाचार

एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित

रामेछाप । एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलन स्वरूप शिक्षकहरूले शिक्षा तथा समन्वय इकाई रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उत्तर पुस्तिका परीक्षण बापतको रकम (पारिश्रमिक) न्यून भएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले उत्तर पुस्तिका परीक्षण गरेबापत हाल प्रति गोटा रु २४ का दरले रकम उपलब्ध गराउँदै आएको थियो । शिक्षकहरूले मङ्गलवार परीक्षा नियन्त्रण कार्यालय भक्तपुरलाई शिक्षा विकास तथा समन्वय इकाई मन्थली मार्फत ज्ञापन पत्र पठाएका हुन् ।
उनीहरूले उत्तर पुस्तिका परीक्षण गरेबापतको पारिश्रमिक प्रति गोटा रु ४० रुपैयाँ माग गरेका छन् । एक हप्ता सम्म पनि आफ्नो जायज मागहरू पुरा नभए जिल्लाका सबै शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण नगर्ने चेतावनी दिएका छन् ।
ज्ञापन पत्र बुझाउँदै शिक्षक पार्वती कडरियाले भनिन्– २०७२ साल देखि उत्तर पुस्तिका परीक्षण गरेको रकम एउटै छ । दिनभरमा ५० वटा उत्तर पुस्तिका परीक्षण गर्न सकिँदैन । त्यसो हुँदा दिनमा रु १ हजार पनि मुस्किलले हुन्छ । यो ट्रेड युनियन को अधिकार विपरीत हो ।
ज्ञापन पत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई रामेछापका निमित्त कार्यालय प्रमुख वालकृष्ण ढुङ्गेलले उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरूले बुझाउनु भएको ज्ञापन पत्र जस्ताको तस्तै परीक्षा नियन्त्रण कार्यालयमा पठाएर आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञापन पत्रमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान,सामाजिक, कार्यालय सञ्चालन, र अर्थशास्त्र विषयको बिषयत शिक्षकहरू क्रमशः गुण बहादुर सार्की, मोतीलाल लामा, सुरेन्द्र केसी, नीलकण्ठ पुरी, पार्वती कडरीया, अमित कुमार सिंह र विनोद पौडेलले प्रतिनिधिमूलक ढङ्गबाट हस्ताक्षर गरेका छन् ।

Shares:

Related Posts

समाचार

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलि घरघरमा बिरामीको परीक्षण गर्दै

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा जानकारी दिन तथा नसर्न रोगका
समाचार

लायन्स क्लबले दियो, पहिरो पिडीतलाई राहत

रामेछाप । मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ ।रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा संस्थाले सोमबार
समाचार

परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता : कुलमान घिसिङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा
समाचार

संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका भयो प्रथमरामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *