समाचार

स्थानिय कच्चा पदार्थ प्रयोग गर्दै, दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका


रामेछाप । पछिल्लो समय लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने दुना–टपरी गाँस्ने प्रशिक्षणमा नगरका १० महिला सहभागी छन् । बढ्दो प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्न पनि पातबाट बनाइने दुना–टपरी तालिम प्रदान गरिएको रामेछाप नगरपालिकाले जनाएको छ ।
हातले दुना टपरी गाँसेर काम चलाउने भन्दा पनि नगरका महिलालाई व्यावसायिक बनाउने सोचका साथ नगरपालिका अगाडि बढेको छ । नगरपालिकाले मेसिनद्वारा दुना टपरी बनाउने तालिम शुक्रवारबाट सुरु गरेको छ । रामेछाप बिजनेस एन्ड प्रोफेसनल वमेनको आयोजना, नगरपालिकाको समन्वयमा ७ दिन सम्म दुना टपरी बनाउन सिकाइनेछ ।
वन जंगल, पाखा पखेरामा सालको पात सजिलै पाइन्छ । खेर गइरहेका सालको पातलाई प्रयोग गरेर आम्दानीको स्रोत बढाउन सकिन्छ । हाम्रो उद्देश्य नै महिलालाई स्वरोजगार बनाउने हो – नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले भनिन् ।
आजभोलि जहाँ पनि प्लास्टिकका सामान प्रयोग गर्न थलिएको छ । ती प्लास्टिकले आज समस्या नदेखिए पनि भविष्यमा ठुलो असर गर्नेछ । हामी नगरलाई प्लास्टिकमुक्त बनाउने कोसिसमा छौँ – नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले भने । दुना टपरीबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ । रोजगारी सिर्जना गर्न र वातावरण प्रदूषण कम गर्न दुना टपरी बनाउने तालिमको आवश्यकता थियो। हामीले त्यही आवश्यकतालाई सहजिकरण गर्ने प्रयास गरेका हौँ । तालिम सिकेर उद्यमी बन्न चाहनेलाई नगरले सहयोग समेत गर्नेछ – घिमिरेले थपे ।
दुना टपरी बिक्रीका लागी बजारको समस्या नरहेको र उद्योग संचालन गर्न चाहनेलाई उद्योग तथा वाणिज्य कार्यालयले सहयोग गर्ने उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख सुबोध कुमार साह कर्मयोगीले बताए ।
सालको पातका दुना टपरी प्रयोगले मानिसको स्वास्थ्य र वातावरण पनि स्वच्छ हुने नगरपालिकाको ८ नं. वडाका वडाध्यक्ष सन्तोष तामाङले बताए ।
नगरले यसभन्दा अघि दुना टपरी बनाउने तालिम दिए पनि त्यसबाट कुनै उपलब्धि देखिएको थिएन। यस पटक तालिममा सहभागी भएका महिलाहरूलाई अनिवार्य व्यवसायमा लगाउने नगरपालिकाका राजश्व तथा उद्योग शाखा प्रमुख हरिभगत श्रेष्ठले बताए ।

Shares:

Related Posts

समाचार

हुलाक सेवा विभागको सेवामा अविश्वासको डंगुर

रामेछाप । सरकारी सेवा जनताको भरोसामा टिकेको हुन्छ। तर भरोसा चर्किएको बेला भाषणले मात्र टाल्न सकिँदैन। यही यथार्थ प्रष्ट देखियो मन्थलीमा आयोजित ‘हुलाक सेवा सम्बन्धी स्थानीय तहसँग अन्तक्र्रिया’ कार्यक्रममा ।
समाचार

लिखु तामाकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागी ५ सय २४ जनाले विवरण दर्ता गराए

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु र नँया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गरी वडा वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर
समाचार

कृषल कन्ट्रक्शनको काम, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे

रामेछाप । खिम्ती फर्पू नामाडी सडक मर्मत गरेको एक महिना नबित्दै भत्किन थालिसकेको छ । खिम्ती फर्पू नामाडी सडकको नामाडी बजार नजिकै सडकमा काम सकेको एक महिना नबित्दै कालोपत्रे उप्किन
अन्य

नीति निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम

रामेछाप । रामेछाप नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला तथा राजनीतिक दलहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *