समाचार

कृषल कन्ट्रक्शनको काम, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे

रामेछाप । खिम्ती फर्पू नामाडी सडक मर्मत गरेको एक महिना नबित्दै भत्किन थालिसकेको छ । खिम्ती फर्पू नामाडी सडकको नामाडी बजार नजिकै सडकमा काम सकेको एक महिना नबित्दै कालोपत्रे उप्किन थालेको हो । कतिपय स्थानमा खाल्डा परेर पानी जम्न थालिसकेको छ । सडकमा खाल्डा देखिन थालेको र गाडी गुड्दा कालोपत्रे उप्किने र माटो मुछेर थलथले बनाएर राखेको जस्तो सडकको अवस्था भएपछि स्थानीयले कामको गुणस्तरबारे प्रश्न उठाएका छन् । ‘कालोपत्रे गरेको एक महिना भएको छैन, उप्किन थालेको छ, लाखौँ खर्चेर मर्मत गरेको बेकाम भएको एक स्थानीयले बताए । गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाई छ ।
खिम्ती फर्पू नामाडी सडक मर्मतका लागी पूर्वाधार विकास कार्यालयले ४९ लाखमा ठेक्का लगाएको थियो । ठेक्कामा प्लम जाली समेत निर्माण गर्ने योजना थियो । कालोपत्रे उप्कियो भनेर गुनासो आएको थिएन, हामी अनुगमन गरेर के भएको हो बुझ्छौँ’ पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर नवराज थापाले भने । एक वर्षसम्मको मर्मत गर्ने जिम्मा ठेकेदारको हुन्छ । ठेकेदारलाई नै बिग्रे भत्केको काम सकार्न तत्काल लगाउने उनले बताए ।
उमाकुण्ड गाउँपालिका वडा नम्बर–५ निवासी सञ्जीव तामाङले ठेकेदारको लापरवाहीका कारण मोटरसाइकलमा सवारहरूलाई समस्या भएको बताए । उनले भने – कालोपत्रे सडक भने ढुक्कले चलाइन्छ । तर बाटो त कच्ची सडक जस्तो चिप्लो रहेछ । मुनीको माटो समेत माथि आई सकेको छ । असारे विकासका कारण हामीले तिरेको करले ठेकेदारको घर बनेको छ, काम गुणस्तरीय छैन ।
निर्माण सामग्री नै कमजोर प्रयोग भएको स्थानीय निर्माण खड्काले बताए । उनले सडक कालोपत्रे गर्ने बेलामा नियामक कार्यालयले प्रभावकारी अनुगमन गर्न नसकेको बताए । ‘काम गर्दा हेलचेक्राई गरेर काम गरे पछि स्वाभाविक रूपमा बाटो भत्किन्छ’ । ठेकेदारले गुणस्तरीय काम नगर्दा जनताले तिरेको करबाट राज्यले गरेको लगानी खोलामा फालेझैँ भएको छ ।
यता ठेकेदार कम्पनी कृषल कन्ट्रक्शनका आधिकारिक व्यक्ती अर्बिन थापा भने आफूले राम्रोसँग काम गरेको बताउँछन् । कृषल कन्ट्रक्शनले गरेको लापरबाहीका कारण मर्मत गरेको सडक रोपाइँका लागी तयार गरेको खेत झैँ भएको छ । सडकको बिचबिचमा खाल्डा परेका छन् । बर्खामा पानी जम्दा बाँकी भाग पनि भत्कँदै गएको छ । तर पनि थापा आफूले राम्रोसँग काम गरेको दाबी गर्छन् ।

Shares:

Related Posts

समाचार

३ दिने हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम मन्थलीमा सुरु

रामेछाप । जिल्लाको मन्थलीमा हाते मेसिनरी औजार उपकरण सञ्चालन तथा मर्मत सम्भार तालिम सुरु भएको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका
समाचार

सुमो दुर्घटना हुदाँ तीन जना घाइते

रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं. ९ पिङ्गखुरी , वरबोटमा सुमो दुर्घटना भएको छ । आज (आईतबार) बिहान अन्दाजी ०६ः५० बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको
समाचार

बन्दै गरेको पक्की पुल भाँचियो

रामेछाप । जिल्लाको मन्थली नगरपालिका - ६ कुनौरी र वडा न. ७ ठेडिखोला जोड्ने पक्की पुल भाँचिएको छ । निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै तामाकोशी नदिमा बन्दै गरेको पुल भाँचिएको
समाचार

सुनापति गाउँपालिकाको पहिलो चौमासिक प्रगति १२.८४ प्रतिशत खर्च, १३ लाख बढी राजश्व संकलन

रामेछाप– सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिकसम्मको अवधिमा १२.८४ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्मको अवधिमा पुँजीगत र चालु तर्फ गरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *