समाचार

वडाले खेलाडीलाई हौसला दिदै नगद सहित गर्यो सम्मान
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ । वडाले बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।
शुक्रवार वडा कार्यालयमा वडाध्यक्ष सन्तोष तामाङले ४ जना खेलाडी र प्रशिक्षकलाई सम्मान गरे । गत पुस २४ गते सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने वडाका खेलाडी र प्रशिक्षक वडाले सम्मान गरेको हो ।
तेक्वान्दोमा स्वर्ण पदक जित्न सफल आकृति मगर र कल्याणी तामाङ, उसुमा स्वर्ण पदक जित्न सफल निकिता शाही र कबड्डीमा रजत पदक जित्न सफल ओलीसा नेवा खड्गीलाई वडाले सम्मान गरेको हो । खेलाडीसँगै प्रशिक्षक टिकाराम राना मगरलाई पनि वडाले सम्मान गरेको छ।
वडाध्यक्ष तामाङले खेलाडीहरूलाई जनही नगद ३ हजारसँगै खादा लगाएर सम्मान गरे । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि उत्कृष्ट भएर आए थप सहयोग गरिने प्रतिबद्धता उनले व्यक्त गरे । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ गते देखि चितवनमा हुँदैछ ।

Shares:

Related Posts

समाचार

सप्ताहव्यापी विश्व आदिवासी दिवस मनाउँदै नेफिन

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल
समाचार

विपद् जोखिम व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ । बैठक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।
समाचार

मन्थली नगरपालिकाका सामुदायिक विद्यालयले कुलमान घिसिङलाई बुझाए अनुरोध पत्र

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विद्युत् निःशुल्क उपलब्ध गराउन माग गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई
समाचार

आँखा जाँच सिबिरमा १४३ जना कैदि बन्दीहरुले सेवा लिए

रामेछाप । रामेछाप जिल्ला कारागार रामेछापमा शनिवार आँखा जाँच सिबिर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, रामेछाप शर्जिकल आँखा केन्द्र रामेछाप, जिल्ला कारागार रामेछाप र रामेछाप ग्रामीण आँखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *