समाचार

‘देशमा अबको विकल्प कांग्रेस मात्रै हो ’ : प्रवक्ता रुवाली

रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवालीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केवल सामान्य मतदानको प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक विचलनबाट मुक्त गराउने महासंग्रामको संज्ञा दिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा रामेछापको सदरमुकाम मन्थलीमा प्रवक्ता रुवालीले अबको निर्वाचनमा नेपाली कांग्रेसले देशभर र विशेषगरी रामेछापमा ऐतिहासिक विजय हासिल गर्ने दाबी गरे । उनले कम्युनिष्ट घटकहरूले जनतालाई बाँडेको सपना केवल सत्तामा पुग्ने भ¥याङ मात्र भएको र उनीहरूको ढोंग अब जनतामाझ उदाङ्गो भइसकेको टिप्पणी गरे ।
प्रवक्ता रुवालीले सम्बोधनका क्रममा रामेछापको विकास निर्माणमा नेपाली कांग्रेसले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गराउँदै बीपी कोइरालाको समाजवादी चिन्तन र वर्तमानको बदलिएको आवश्यकता अनुसार कांग्रेसले मात्र आर्थिक क्रान्तिको नेतृत्व गर्न सक्ने तर्क गरे । उनले रामेछापका गाउँ–गाउँमा सडक पु¥याउने, शिक्षा र स्वास्थ्यको पूर्वाधार खडा गर्ने र जलविद्युत परियोजनाहरूलाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउने सवालमा कांग्रेसको योगदान अतुलनीय रहेको बताए । कांग्रेसले सधैँ कुराभन्दा काममा विश्वास गर्ने र जनताको सुख–दुःखमा साथ दिने पार्टी भएको हुँदा अबका मतदाताले कुनै पनि भ्रमको पछि नलागी रुख चिह्नमा मतदान गर्ने विश्वास उनले व्यक्त गरे ।
कम्युनिष्ट शक्तिहरूमाथि कडा प्रहार गर्दै प्रवक्ता रुवालीले हिजोका दिनमा गठबन्धन र सिद्धान्तका ठूला कुरा गर्नेहरू आज कुन हविगतमा छन् भन्ने कुरा स्पष्ट भएको बताए । सत्ताका लागि जस्तोसुकै अपवित्र सम्झौता गर्ने र जनताको मतको अपमान गर्ने प्रवृत्तिले मुलुकको लोकतन्त्र नै धरापमा परेको उनको आरोप थियो। उनले थपे, कम्युनिष्टहरूले कहिले नक्कली राष्ट्रवादको नाममा त कहिले समृद्धिको खोक्रो नारामा जनतालाई पटक–पटक झुक्याएका छन्, तर व्यवहारमा उनीहरूले केवल भ्रष्टाचार, नातावाद र प्रशासनिक बेथिति मात्र भित्र्याएका छन्। फागुन २१ को निर्वाचन ती अधिनायकवादी र अस्थिर सोच राख्नेहरूका लागि रामेछापका जनताले दिने गतिलो झापड हुने उनको उद्घोष थियो।
रुवालीले प्रदेशभर कांग्रेसको पक्षमा अभूतपूर्व जनलहर सिर्जना भएको र रामेछापमा पार्टीले स्पष्ट बहुमत पाउने रणनीति तयार गरिसकेको जानकारी दिए । उनले डगमगाएको राष्ट्रिय अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन, युवा स्वरोजगारका अवसर सिर्जना गर्न र रामेछाप जस्तो कृषि र जलस्रोतको प्रचुर सम्भावना भएको जिल्लामा आधुनिक कृषि प्रणाली र पर्यटनको विकासका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए ।
मन्थलीमा उपस्थित नेता तथा कार्यकर्ताहरूलाई विशेष निर्देशन दिँदै रुवालीले सामाजिक सञ्जाल र अन्य विपक्षी माध्यमबाट कांग्रेसका विरुद्ध फैलाइएका संगठित भ्रमहरूलाई गाउँ–गाउँमा पुगेर चिर्न आग्रह गरे । उनले प्रत्येक घरको ढोकामा पुगेर कांग्रेसले विगतमा गरेका जनपक्षीय कामहरूको फेहरिस्त सुनाउन र फागुन २१ लाई एउटा नयाँ युगको सुरुवातको रूपमा मनाउने गरी तयारीमा जुट्न आह्वान गरे । पार्टीभित्रका सानातिना असन्तुष्टि र मनमुटावलाई त्यागेर अहिलेको मुख्य लक्ष्य लोकतन्त्रको रक्षा र कांग्रेसको विजय बनाउनुपर्नेमा उनको जोड थियो।

Shares:

Related Posts

समाचार

रामेछाप वाईसिएल नेपालको ५ औँ जिल्ला सम्मेलन सम्पन्नः रामचन्द्र सुनुवारको नेतृत्वमा नयाँ समिती चयन

रामेछाप । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र काे भातृ संगठन योङ कम्युनिस्ट लीग नेपाल ( वाईसिएल ) रामेछापको ५ औँ जिल्ला सम्मेलनबाट सर्वसम्मत नयाँ सदस्यीय कमिटी चयन गरिएको छ ।
समाचार

आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बस्ने २० जना आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । फाल्गुण ६ गते मंगलवार उहाँहरुलाई मन्थली नगर उप
समाचार

शैलुङ पानीको फ्याक्ट्रीमा लगायो सिल, खाद्य प्रविधि तथा गुण नियन्त्रणले बिक्री वितरणमा रोक

उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौँ देखि बजारमा बेचिँदै आएको अक्वा शैलुङ प्रशोधित पिउने पानी फ्याक्ट्री सिल गरिएको छ । सिल गरिएसँगै शैलुङ पानी बिक्री वितरणमा रोक लगाइएको छ । गत
समाचार

अघिल्लो जनप्रतिनिधिले बाँढेका अनुदान पचाए जसरी अब सर्लक्कै पचाउन दिने छैनौँ – अध्यक्ष काजीबहादुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८१÷८२ मा व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका छन् । शुक्रवार पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *