समाचार

शिक्षक बचतको तेह्रौँ साधारण सभा सम्पन्न

रामेछाप पुस २१ । शिक्षक बचत तथा ऋण सहकारी संस्थाको तेह्रौँ साधारण सभामा शनिवार मन्थलीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लक्ष्मण कुमार घिमिरेको अध्यक्षता एवं जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष रामकुमार सुबेदीले ३ सय ८८ जना शेयर सदस्यहरूबाट ९२ लाख ५६ हजार ९ सय ५ रुपैयाँ निक्षेप र १७ लाख ४१ हजार शेयर पुँजी बाट ९६ हजार ५ सय २३ रुपैयाँ नाफा कमाउन सफल भएको बताए । साधारण सभाले कोषाध्यक्ष सुवेदीको आर्थिक प्रतिवेदन र सचिव कमला कुमारी थापाको सांगठनिक प्रतिवेदन पास गरेको छ ।
कार्यक्रमका अवसरमा मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल, मन्थली क्याम्पसका प्रमुख भरत कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरे, निवर्तमान अध्यक्ष बद्री नयाँघरे, लगायतले धारण राखे । कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि ढुंगेलले जिल्लामा केही सहकारीहरू खराब सूचिमा परिसकेकाले सहकारी संचालकहरुनै निक्कै ध्यान दिनुपर्ने अवस्था आएको बताए । उनले सहकारी प्राधिकरण बन्ने तयारी भइरहेको अवस्थामा अब एक सदस्य एक सहकारी अनिवार्य लागु हुने पनि बताए ।

Shares:

Related Posts

समाचार

रामेछापका स्थानियतहहरुले मनाए धान दिवस

रामेछाप । कृषि प्रधान देश नेपालमा ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाइने असार १५ गते रामेछाप जिल्लाका सबै स्थानीय तहमा विविध कार्यक्रमसहित धान दिवस उल्लासपूर्वक मनाइएको छ।जिल्लाका ८ वटा स्थानीय
समाचार

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित

१४ कात्तिक, रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा
समाचार

सरकारले सामाजिक सञ्जाल बन्द गर्नु लजास्पद कुरा –स्वर्णिम वाग्ले

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का उपसभापति एबं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले बर्तमान सरकार समाजिक सञ्जाल वन्द गर्नृ गरि लजास्पद कुरा भएको बताए ।आज शुक्रबार रामेछापको मन्थलीमा आयोजित
समाचार

दोरम्बा हत्याकाण्ड २२ वर्ष पुरा, रगतको हिसाब कहिले हुने ?

रामेछाप । नेपालको जनयुद्धकालीन इतिहासमा कालो अध्यायका रूपमा चिनिने दोरम्बा हत्याकाण्डलाई २२ वर्ष पुगेको अवसरमा शनिबार माओवादी केन्द्र रामेछापले मन्थलीमा शहीद स्मरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सम्झेको छ ।केन्द्रका

Leave a Reply

Your email address will not be published. Required fields are marked *