समाचार

नेकपा रामेछापले सुरु गर्यो चुनावी प्रचार

रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले आइतबारदेखि आगामी निर्वाचनका लागि औपचारिक चुनावी प्रचार कार्यक्रम थालेको छ। पार्टीले पहिलो दिन लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ खिम्ती र ७ तिल्पुङ्मा घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद श्याम कुमार श्रेष्ठ (कुशल) फेरी उम्मेद्वारको रूपमा अघि आएका छन्। यससँगै नेकपाले समानुपाती दुई उम्मेद्वारलाई पनि साथमा लिएर प्रचारमा सक्रिय हुने तयारी गरेको छ।
पार्टीका नेता मदन कालिकोटेका अनुसार , “आचारसंहिताको पालना गर्दै दुई वटा गाडीमा कति जना जान सक्छौं, त्यति संख्यामा प्रचारमा जाँदैछौं।” उनी भन्छन्, प्रचारमा गइरहँदा पार्टीले आचारसंहिताको पालना गर्न पूर्ण ध्यान दिनेछ।
पार्टीले शनिवार तीनलाल पार्कमा एक कार्यक्रम आयोजना गरी नेता तथा कार्यकर्तालाई चुनावी प्रचारमा सक्रिय रहन निर्देशन गरेको थियो। यस क्रममा पार्टीभित्रका आन्तरिक विवादलाई बाहिर नआउने गरी मिलाउने प्रयास भइरहेको बुझिएको छ।
साथै, सामाजिक सञ्जालमा नेताहरूको आक्रोश वा विवादजन्य सामग्री बाहिर नफैलियोस् भनेर नेकपा रामेछापले कडाइ गरेको छ। पार्टीले तत्कालीन सात दलका प्रतिनिधिहरूलाई एक विशेष टिम मार्फत निगरानी राख्दै प्रचार अभियान सञ्चालन गरिरहेको बुझीएको छ।
पार्टीको प्रचार अभियान घरदैलोमा केन्द्रित भए पनि स्थानीयस्तरमा जनसम्पर्कलाई जोड दिइएको छ। यसले मतदातासँग प्रत्यक्ष संवाद बढाउने र उम्मेद्वार तथा स्थानीय नेताहरूलाई परिचित गराउने उद्देश्य राखेको छ।

Shares:

Related Posts

समाचार

निगमको नियम विपरित संचालनमा ‘शुभ समृद्धि’

रामेछाप । नेपालको संविधानले प्रत्येक नागरिकलाई उपभोक्ताको हक प्रदान गरेको छ। तर, रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित शुभ समृद्धि आयल स्टोर प्रा.लि. का हकमा यो संवैधानिक ग्यारेन्टी केवल कागजको खोस्टो सावित
समाचार

धूमधामले मनाइँदै लदिपुजा

रामेछाप । कोसी पूजा अर्थात् लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष
समाचार

संझौता मिति सकियो,काम नै नगरी ७१ लाख ३५ हजार निर्माणले भुत्तानी लग्यो

रामेछाप । पुष्पलाल (मध्यपहाडी) मार्ग आयोजना अन्तर्गतको सेलेघाट नजिक त्रिवेणी मन्दिरको छेउमा निर्माणाधीन तामाकोसी पुल निर्माण कम्पनीले आयोजना सँग ७१ लाख ३५हजार रुपैयाँ पेस्की बापतको रकम काम नै नगरी लगिसकेको
समाचार

बृहत् रामेछाप महोत्सव ११ लाख बढी घाटामारामेछाप । रामेछाप उद्योग वाणिज्य संघ मन्थली ११ लाख बढी घाटामा रहेको छ । संघले गत पुष २६ देखि माघ ७ गते सम्म आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *