समाचार

गोकुलगङ्गाका विद्यालय र कार्यालयहरुमा इ–हाजिरी

रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले स्थानीय तहमा डिजिटल सुशासनको अभ्यासलाई अघि बढाउँदै गाउँपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी प्रणाली लागू गरेको छ। गत मंसिर १ गतेदेखि लागू गरिएको उक्त प्रणालीले कर्मचारी उपस्थिति व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास पालिकाको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार हाल वडा कार्यालय र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको इ–हाजिरी नियमित रूपमा प्रयोगमा आइसकेको छ। “मंसिर १ गतेदेखि वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी सुरु गरेका छौँ। यससँगै २१ वटा विद्यालयको डाटा इन्ट्री सम्पन्न भइसकेको छ भने बाँकी १० वटा विद्यालयको काम धमाधम भइरहेको छ,” उनले बताए।
गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले इ–हाजिरी प्रणालीलाई स्थानीय सरकारको उत्तरदायित्व र सुशासनप्रतिको प्रतिबद्धताका रूपमा व्याख्या गरे। “स्थानीय तहमा सेवा प्रवाह चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउनु हाम्रो प्रमुख लक्ष्य हो। इ–हाजिरी लागू भएपछि कर्मचारी उपस्थिति नियमित हुनेछ, सेवाग्राहीले समयमै सेवा पाउने वातावरण बन्छ,” अध्यक्ष खड्काले भने।
“अब काम कागजमै सीमित रहने होइन, प्रणालीमै देखिनेछ। यसले कर्मचारीलाई जिम्मेवार बनाउने र सेवाको गुणस्तर बढाउनेछ,” उनले थपे। अध्यक्ष खड्काले आगामी दिनमा गाउँपालिकाका अन्य सेवा पनि क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना रहेको बताए।

Shares:

Related Posts

समाचार

बीपी राजमार्ग एक महिनाका लागि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुलीखण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ साढे ६ बजेदेखि बिहान
समाचार

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित

१४ कात्तिक, रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा
समाचार

गोकुलगंगा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा उत्कृष्ट

रामेछाप । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ताजा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा रामेछापका आठ स्थानीय तहमध्ये गोकुलगंगा गाउँपालिकाले ९२ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामै
समाचार

रामेछाप उद्योग वाणिज्य संघले माघ १६ देखि २६ सम्म प्रदर्शनी मेला गर्ने

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको कृषि, उद्योग र पर्यटन प्रवर्धनको लागि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ । माघ १६ देखि २६ सम्म ११ दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *