अन्य

आजदेखि सार्वजनिक सवारी साधनमा (रुट परमिट) खुला

काठमाडौँ, ६ असोजः यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।
रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताए। सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासङ्घले जनाएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

Shares:

Related Posts

अन्य

डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान रामेछाप बजारमा सम्पन्न

रामेछाप । डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान अन्तर्गत रामेछाप बजार सरसफाई कार्यक्रम आज (शुक्रबार) गरिएको छ ।रामेछाप नगरपालिका वडा न. ८ स्थित सहिद स्मृति चोक
अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा
अन्य

चिकित्सालयले नागरिकको विश्वास बढ्दो देखिए पछि भौतिक पूर्वाधार अभावमा मन्थली अस्पतालको पुरानो भवनबाट सेवा दिने

रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले
अन्य

b'O{ afns km]nf cfkmGtnfO{ nufO{of] lhDdf बेपत्ता दुई बालक फेला आफन्तलाई लगाईयो जिम्मारामेछाप । गोकुलगंगा गा.पा.६ फर्पुका बस्ने दुई बालकलाई प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ । आज बुधबार नै सम्पर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *