अन्य

डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान रामेछाप बजारमा सम्पन्न

रामेछाप । डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान अन्तर्गत रामेछाप बजार सरसफाई कार्यक्रम आज (शुक्रबार) गरिएको छ ।
रामेछाप नगरपालिका वडा न. ८ स्थित सहिद स्मृति चोक देखि माथिल्लो बजार, तल्लो बजार हुँदै मानेँडाँडासम्म बजार सरसफाई गरिएको थियो ।
डेँगीबाट बच्ने सन्देश बजाउँदै जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी सहित स्थानियहरुको सहभागीतामा गरिएको कार्यक्रममा बजार क्षेत्रमा पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, टायरलगायत सडक किनारामा राखिएको वस्तुमा जमेको पानी फाल्ने, झाडीहरु फाँड्ने, सडकको फोहोर संकलन गर्ने जस्ता कार्य गरिएको थियो ।
पानी परिरहने समय भएको हुँदा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै लार्भा खोज र नष्ट गर अभियानसँगै बजार सरसफाई गरिएको रामेछाप नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीले बताए ।
लाम्खुट्टेको टोकाइबाट बच्न लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिई डेँगी रोगबाट बच्न कार्यालय रामेछापका प्रमुख बिभु कुमार झाले नागरीकलाई आग्रह गरे ।
जनस्वास्थ्य कार्यालय रामेछाप र रामेछाप नगरपालिकाको कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।


Shares:

Related Posts

अन्य

सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको सेवा आब आफ्नै नयाँ भवन बाट

रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको भवन उद्घाटन भएको छ । तामाकोसी सेवा समिति परिसरमा निर्माणाधिन भवन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको
अन्य

मन्थली साकोसद्वारा भोटेकोशी बाढीपिडितका लागि एक लाख रुपैयाँ सहयोग

रामेछाप (मन्थली) — तिब्बतबाट बगेर आउने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको
अन्य

लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया

नेपाल औषधि व्यवसायी संघ बाग्मति प्रदेश को समन्वय,औषधि व्यवस्था विभागको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको आयोजनामा लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम
अन्य

स्कुटरको ठक्करबाट एउटा जंगली मृगको घटनास्थलमै मृत्यु २ जना घाइते

रामेछाप । जिल्लाको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–सालु- देउराली भित्री सडक खण्डमा सोमबार बिहान स्कुटरको ठक्करबाट एउटा जंगली मृगको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि स्कुटरमा सवार दुई जना घाइते भएका

Leave a Reply

Your email address will not be published. Required fields are marked *