समाचार

रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको खुल्यो पहिचान, उत्तरगयामा भेटियो खुट्टा

रसुवा । मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका-२ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बेपत्ता भएका तीन जना प्रहरी हुन्।
उनीहरू तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।
बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्।
त्यस्तै तीन जना गाडी चालक समेत छन्।
बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्।लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।
रसुवाकै उत्तरगया गाउँपालिका-५ उत्तरगयाधामको खोला किनारमा दाहिने खुट्टा फेला परेको पनि डिएसपी थापाले बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरीको टोली खटिएको छ।

Shares:

Related Posts

समाचार

बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ५ जना घाइते, ५ महिले बालिका भने सकुशल

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।रामेछापको सदरमुकाम मन्थलीबाट
समाचार

उमाकुण्ड गाउँपालिकाले सम्पन्न गर्यो घुम्ती शिविर

उमाकुण्ड गाउँपालिकाले सम्पन्न गर्यो घुम्ती शिविर रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले पुस १ गते गुम्देलबाट संचालन गरेको घुम्ती शिविरमा ३ सय बढी नागरिकता र ५ सय बढी राष्ट्रिय परिचय
समाचार

तिहार लक्षित बजार अनुगमन

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा जिल्ला अनुगमन समितिले तिहार लक्षित अनुगमन गरेको छ । शनिवार गरिएको अनुगमनमा बजारमा बिक्रीका लागि राखिएका भाई मसला, चिउरा, मैदा, नरिवलजस्ता सामग्रीहरूको गुणस्तर
समाचार

रामेछाप नगरपालिको १५ औँ नगरसभा सम्पन्न, ७३ करोड ६ लाखको बजेट

रामेछाप । रामेछाप नगरपालिका आर्थिक वर्ष २०८१÷८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगर प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *