समाचार

उमाकुण्ड गाउँपालिकाले सम्पन्न गर्यो घुम्ती शिविर

उमाकुण्ड गाउँपालिकाले सम्पन्न गर्यो घुम्ती शिविर

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले पुस १ गते गुम्देलबाट संचालन गरेको घुम्ती शिविरमा ३ सय बढी नागरिकता र ५ सय बढी राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ । ‘सिंहदरबारको अधिकार, गाउँ–गाउँमा’ भन्ने मूल नारासहित पालिकाका जनप्रतिनिधि, कर्मचारीसँग जिल्ला प्रशासन कार्यालय रामेछाप समेतको सहयोगमा सुरु गरिएको घुम्ती शिविरमा १ सय ८४ जना महिला र १ सय ३५ जना पुरुष गरी ३ सय १९ जनाले नेपाली नागरिकता लिएको पालिकाकी उपप्रमुख सावित्री सुनुवारले जानकारी दिइन् ।
उनका अनुसार वडा नं १ गुम्देलमा–३०, वडा नं २ बाम्तिभण्डारमा–३६, ३ नम्बर कुँबुँकाँस्थलीमा – ६१, प्रीति ४ मा – ६०, प्रीति–५ मा– ६२, वडा नं ६ गुप्तेश्वरमा – २४ र वडा नं ७ भुजीमा –४६ वटा नागरिकता वितरण गरिएको हो । वडा नं १ गुम्देलमा ५७, बाम्तिभण्डारमा १०४, कुँबुँकाँस्थलीमा ८४, प्रीति ४ मा ८२, प्रीति ५ मा ७८, ६ मा ३९ र भुजी ७ मा ७१ गरी ५ सय १५ वटा राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।
पालिकाको सातै वटा वडा कार्यालयबाट प्रदान गरिएको शिविरमा ‘क’,‘ख’, ‘ग’ र ‘घ’ वर्गको गरी जम्मा ४ जनालाई छुट्टाछुट्टै वर्गको अपाङ्गता परिचय पत्र वितरण गरिएको उपाध्यक्ष सुनुवारले रामेछाप बताइन् । सबै वडामा गरिएको व्यवसाय दर्ता, व्यवसाय इजाजत, व्यवसाय पुँजी हेरफेर, व्यवसाय नामसारी, व्यवसाय खारेजी, व्यवसाय नवीकरण र योजना सम्झौता गरी जम्मा ७० हजार ३ सय ७५ रुपैयाँ राजश्व संकलन गरिएको उपाध्यक्ष सुनुवारले बताइन् । वडा नं १ मा १६ हजार ४ सय, वडा नं २ मा २८ हजार ६ सय २५, वडा नं ३ मा ६ हजार ७ सय, ४ मा ३ हजार १ सय ५०, ५ मा ४ हजार ३ सय, ६ मा ६ हजार २५० र ७ मा ४ हजार ९५० रुपैयाँ राजश्व संकलन गरिएको हो ।
भौगोलिक रूपमा विकटता रहेको यो पालिकामा विगतका वर्षदेखि नै पालिका घुम्ती शिविर मार्फत योजना सम्झौता गर्न सहज होस् र नागरिकहरूले पालिका धाउन नपरोस् भनी वडा–वडा नै पुगेर घुम्ती शिविर मार्फत सेवा प्रदान गर्दै आएको छ । यसले कार्यक्रम एवं योजना सम्झौता गर्न पालिका धाउनु पर्ने स्थानीयको बाध्यता हटेको छ । यो वर्ष ३४ वटा योजना सम्झौता शिविर मै गरिएको छ ।

Shares:

Related Posts

समाचार

रामेछापमा संविधान दिवस विविध कार्यक्रम गरि मनाउने

रामेछाप । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीको संयोजकत्वमा बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको बैठकले असोज ३ गते संविधान दिवस २०७२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको
समाचार

शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला

रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा
समाचार

खाँडादेवी गाउँपालिकाको सान्नेफेदीमा बोलेरो दुर्घटना, १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ सान्नेफेदीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । (आज) बुधवार दिउँसो अन्दाजी २ : ४५ बजेको
समाचार

मन्थली नगरपालिकाले सुरु गर्यो किसानका लागि २ दिने कृषि तथा लघु उद्यम प्रर्दशनी रामेछाप । मन्थली नगरपालिकाले मंगलवारबाट सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको आरम्भ गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *