समाचार

मन्थली बजार क्षेत्रमा अनुगमन फेला परे फेन्सी र तरकारी पसल दर्ता र नविकरण बिना सञ्चालनमा

रामेछाप, असार १ । रामेछाप जिल्लाको प्रमुख बजार क्षेत्र मन्थलीमा आइतबार बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको अगुवाइमा गरिएको उक्त अनुगमन टोलीले दर्ता र नविकरण बिना सञ्चालनमा रहेका दर्जनौं पसलहरू फेला पारेको छ।
अनुगमन टोलीको नेतृत्व उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले गरेका थिए। टोलीमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत चुडामणि अर्याल र लक्ष्मण प्रसाद भुजेल, मन्थली नगरपालिका प्रतिनिधि सुदर्शन राय, उद्योग वाणिज्य संघ रामेछापका प्रतिनिधि यज्ञप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ रामेछाप शाखाका प्रशान्त हाय लगायतको सहभागिता रहेको थियो।
पहिलो चरणको अनुगमन अन्तर्गत मन्थली बजार क्षेत्रका २५ वटा व्यवसायको निरीक्षण गरिएको हो। तीमध्ये खाद्यान्न पसल, डेरी, फलफूल बिक्री केन्द्र, होटल, चटपटे पसल, तरकारी तथा फेन्सी पसलहरू समेटिएका थिए। अनुगमनको क्रममा भेटिएका प्रमुख समस्या भनेको व्यवसायको कानुनी दर्ता तथा नविकरण नहुनु हो। विशेषगरी तरकारी र फेन्सी पसलहरूको ठूलो संख्यामा दर्ता प्रमाणपत्र नभएको र केही व्यवसाय नविकरण नगरी सञ्चालनमा रहेको पाइयो।
अनुगमन टोलीले यस्ता व्यवसायीहरूलाई सात दिनभित्र मन्थली नगरपालिका वा उद्योग तथा वाणिज्य कार्यालयमा अनिवार्य रूपमा दर्ता तथा नविकरण गर्न निर्देशन दिएको छ। सो अवधिमा आवश्यक प्रक्रिया पुरा नगरेमा कानुनी कारबाही अगाडि बढाइने चेतावनी समेत दिइएको छ।
उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख घिमिरेका अनुसार, “उपभोक्ताको अधिकार रक्षा र व्यवस्थित व्यवसाय प्रवद्र्धनका लागि नियमित अनुगमन अपरिहार्य छ। बजारमा पारदर्शिता, मूल्य नियन्त्रण, गुणस्तरीय सेवा तथा वस्तु आपूर्तिको सुनिश्चितताका लागि अनुगमनलाई नियमित बनाइनेछ।”
यस प्रकारको अनुगमनले उपभोक्ता सुरक्षा, कर प्रणालीको कार्यान्वयन, र अनियमित व्यापारिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीय निकाय, सरकारी कार्यालय, व्यापारी संघ तथा पत्रकारहरूको संयुक्त सहभागितामा भएको यो अनुगमन अभियानलाई थप प्रभावकारी बनाउँदै अन्य बजार क्षेत्रहरूमा समेत विस्तार गरिने योजना बनाइएको छ।

Shares:

Related Posts

समाचार

रामेछापकि उप – प्रमुखद्वारा ‘आइ सि लिड्स आइकन’ मा भोट दिन आग्रह

रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्की (थापा) ले आफूलाई ‘आइ सि लिड्स आइकन’ मा भोट गरेर जिताइदिन आग्रह गरेकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाहरूको विभिन्न विधामा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणारामेछाप । जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार
समाचार

रामेछापका स्थानिय तह मध्ये खाँडादेवी गाउँपालिका बेरुजुमा प्रथम

रामेछाप । जिल्लाका स्थानीय तहको आर्थिक वर्ष २०७९÷०८० को बेरुजू २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका स्थानीय
समाचार

खाँडीबाट फर्केर खेती किसानीमा लागे कुलबहादुुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *