समाचार

सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेको सुमो रजगाउँमा दुर्घटना १ जनाको मृत्यु ७ जना घाइते

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ४ स्थित रजगाउँ माडी मुहानमा सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेका यात्रुवाहक सुमो दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका ३ माथिल्लो कठजोरकी ५३ वर्षिया गितामाया जोगीको मृत्यु भएका दुर्घटनामा परी ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते हुनेहरुमा मन्थली नगरपालिका –२ तल्लो कठजोरकी ४० वर्षिय कोपिला श्रेष्ठ, तल्लो कठजोरकै सन्चिता श्रेष्ठ, मन्थली नगरपलिका ३ माथिल्लो कठजोरकी ७० वर्षिय तिलमाया श्रेष्ठ, ५० वर्षिय कृष्णमाया खड्का, ५३ वर्षिय गितामाया जोगी, ५५ वर्षीय कोपिला जोगी, ७८ वर्षिय चेतकुमारी श्रेष्ठ र चालक ४९ वर्षिय रमेश बुढाथोकी रहेका छन् । घाइतेहरु सवैलाई मन्थली अस्पतालमा उपचार पछी काठमाडौँ रेफर गरिएको छ ।
रजगाउँ बाट सच्चाँईको अधिवेशन सकेर मन्थली तर्फ फर्कदै गरेको ना १ ज ५५५८ नम्बर सुमो सडकबाट करिव ५० मिटर तल खसी दुर्घटना भएको थियो । शुक्रबार अपराह्न साँढे ४ बजेको समयमा दुर्घटनो जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख भोला कुमार भट्ट जनकारी दिएका छन् ।

Shares:

Related Posts

समाचार

विशेषज्ञ चिकित्सक द्वारा निःशुल्क जाँच कार्यक्रममा ७५ जनाले लिए सेवा

रामेछाप । जिल्ला अस्पताल रामेछापले मानसिक तथा नसा रोग र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले माघ महिनाको नियमित कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन
राजनीति

ईश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन,

रामेछाप । रामेछाप जिल्लामा उपमेयर्स फोरम गठन गरिएको छ । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतलाई फोरमको संयोजकत्व चयन गरेको छ ।मन्थली नगरपालिकामा भएको न्यायिक समितिको
समाचार

८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

रामेछाप । ८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। मन्थली नगरपालिका–नगर खेलकुद विकास समितिको आयोजनामा मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख
समाचार

YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन   रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *