अन्य

उमाकुण्ड रनिङ शिल्ड : कैलेश्वर मावि गुप्तेश्वरको पोल्टामा

रामेछाप, उमाकुण्ड गाउँपालिकामा सम्पन्न छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ बाट श्री कैलेश्वर माध्यमिक विद्यालय, उमाकुण्ड–६ गुप्तेश्वरले उत्कृष्ट प्रदर्शन गर्दै समग्र च्याम्पियनको उपाधि हात पारेको छ । मंसिर १५ देखि १७ गतेसम्म चलेको तीनदिने प्रतियोगितामा सहभागी सात विद्यालयमध्ये कैलेश्वर माविले ११ स्वर्ण, ८ रजत र ६ कास्य गरी २५ पदक जित्दै प्रथम स्थानमा आफ्नो दबदबा कायम गरेको हा  । यस्तै, गत वर्ष लगातार तेस्रो पटक रनिङ शिल्ड विजेता बनेको श्री चण्डेश्वरी माध्यमिक विद्यालय, प्रीति (उमाकुण्ड–४) ले यसपटक कडा प्रतिस्पर्धा गर्दै १० स्वर्ण, ८ रजत र १ कास्यसहित १९ पदक ल्याई उपविजेता बन्न सफल भया  । श्री जनता माध्यमिक विद्यालय, कुबुँकास्थली (उमाकुण्ड–३) ले ६ स्वर्ण, ३ रजत र ९ कास्य गरी ८ पदकका आधारमा तृतीय स्थान हासिल गर्यो भने श्री कास्थेम माध्यमिक विद्यालय, भुजी (उमाकुण्ड–७) ले २ स्वर्ण, ४ रजत र ३ कास्यसहित चौथो स्थानमा रहेको छ ।
प्रतियोगितामा सिद्धेश्वर माध्यमिक विद्यालय, बाम्ती (उमाकुण्ड–२) ले १ स्वर्ण, ४ रजत र ९ कास्य गरी १४ पदक जित्या  । सरस्वती माध्यमिक विद्यालय, सुनुवाधारा (उमाकुण्ड–५) ले २ रजत र २ कास्य, तथा महाकुलुङ माध्यमिक विद्यालय, गुम्दे (उमाकुण्ड–१) ले १ रजत र ४ कास्य पदक प्राप्त गर्दै क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गरेका छन् । समग्रमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रू. २० हजार, १५ हजार र १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थिया  । उपविजेता बनेको चण्डेश्वरी मावि प्रीतिले ११ स्वर्ण, ८ रजत र ६ कास्य पदक प्राप्त गरेको थियो भने जनता मावि कुबुले उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी, रकम तथा प्रमाणपत्र प्राप्त ग¥या  ।
प्रतियोगीतामा भलिवल छात्रा, छात्र तर्फ उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिफ्टर, डिफेन्स र उत्कृष्ट युवा खेलाडी गरी छ ओटा शीर्षकमा खेलाडीहरू छनोट गरिएको छ  । कबड्डी छात्रा, छात्र तर्फ उत्कृष्ट रेडर, डिफेन्डर र उत्कृष्ट खेलाडी घोषणा गरेको छ  । त्यस्तै ८०० मिटर दौडतर्फ उत्कृष्ट युवा खेलाडीको समेत घोषणा गरेको छ  । प्रतियोगितामा आक्रमणदेखि रक्षा क्षमता, खेल कौशल, अनुशासन र टोली समन्वयलाई प्रमुख आधार बनाइएको आयोजक समितिले जनाएको छ  ।
प्रतियोगिताको समापन समारोहमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, भूमि आयोग सदस्य गंगाादेवी कार्की, वडा अध्यक्षहरूलगायतको उपस्थितिमा विजेता खेलाडी तथा विद्यालयहरूलाई पुरस्कार हस्तान्तरण गरिएको थिया  । विभिन्न १२ विधामा प्रतिस्पर्धा भएका खेलहरूमा उत्कृष्ट खेलाडीका रूपमा भलिबल र कबड्डीका खेलाडीलाई विशेष सम्मान गरिएको थिया  । खेलकुद विकास समिति संयोजक सुदिप सुनुवारको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा खेलकुदका पूर्वाधार विस्तार तथा विद्यालयस्तरमै खेल प्रतिभा उजागर गर्ने उद्देश्यसँगै प्रतियोगिता हरेक वर्ष फरक–फरक वडामा आयोजना हुँदै आएको जनाइएको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ङावा शेर्पाका अनुसार ७ वटै वडाका २४२ जना छात्र–छात्राले धोबीटार खेलमैदानमा प्रतिस्पर्धा जनाएका थिए, जसले पालिकालाई जिल्लाको अग्रणी खेलकुदमैत्री स्थानीय तहका रूपमा चिनाउन सफल बनाएको छ ।

Shares:

Related Posts

अन्य

आजदेखि सार्वजनिक सवारी साधनमा (रुट परमिट) खुला

काठमाडौँ, ६ असोजः यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला
अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा
अन्य

रामेछाप नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधिमा १५.६१ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड
अन्य

जिल्लामा ठूलो बजेट प्रस्तुत गर्ने मन्थली नगरपालिका, १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत १ अर्ब बढीको बजेट

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख बस्नेतले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *