समाचार

रामेछापमा दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास

रामेछाप । सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न मंगलबार रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । अभ्यासमा रामेछाप नगरपालिका–८ टुँडीखेल नजिकै यात्रु बाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिएको थियो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसका प्रतिनिधीहरुको सक्रियता रहेको देखाइएको थियो ।
कृत्रिम अभ्यासको मुख्य उद्देश्य कुनै सडक दुर्घटना भइहालेमा उद्धार र उपचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताए। विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकाय र घाइतेहरूको उपचारमा संलग्न चिकित्सकलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गराइएको उनले बताए ।
जुनसुकै समयमा विपद्का घटना हुने भएकाले सम्बन्धित निकाय सदैव तयारी अवस्थामा रहनुपर्ने रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताए । कुनै पनि विपद्का घटना थाहा दिएर तथा बाजा बजाएर नआउने भएकाले यस्ता अभ्यासको ठुलो महत्त्व रहेको नगरप्रमुख न्यौपानेको भनाई छ । अस्पतालले घाइते बिरामीहरूलाई गर्ने रेस्पोन्स,सेवा सुविधा तथा उपचार राम्रो पाइएको उनले बताए । घटना अभ्यासका बारेमा घटना व्यवस्थापनमा संलग्न बिरामीहरूको अभिनय आर.बि.पी डब्लुका कलाकारहरूले निर्वाह गरेका थिए ।

Shares:

Related Posts

समाचार

ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन, सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

सोलुखुम्बु पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक
राजनीति

ईश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन,

रामेछाप । रामेछाप जिल्लामा उपमेयर्स फोरम गठन गरिएको छ । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतलाई फोरमको संयोजकत्व चयन गरेको छ ।मन्थली नगरपालिकामा भएको न्यायिक समितिको
समाचार

सत्य बोल्दा पदबाट हटाए पनि डर छैन- राज्यमन्त्री तामाङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई हटाउने कुरा सरासर गलत हुने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ
अन्य

नीति निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम

रामेछाप । रामेछाप नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला तथा राजनीतिक दलहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *