समाचार

रामेछापका जुनार कृषकलाई विषादी वितरण

रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।
रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनीे बताउँछन् । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताए । यस वर्ष रु तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने योजना रहेको बताए ।
रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गरेका छन् । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उनले बताए । “गत वर्ष मैले जुनार बिक्री गरेर रु ७० हजारमात्र लिन सकेको थिएँ, यस वर्ष रु एक लाखसम्मको बिक्री हुने अनुमान छ”, उनले भने ।
सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ । रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् ।
परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ । परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार चार सय २२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा जुनार खेती गरिएको थियो । यहाँ चार हजार तीन सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई रु १९ करोड ९३ लाख ९५ हजारबराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताईन् ।
यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ६८ हजारबराबरको बिक्री हुने अपेक्षा गरिएको छ । जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो रु ६० देखि रु ७५ सम्ममा बिक्री गर्ने गरेका छन् ।

Shares:

Related Posts

समाचार

वडाले खेलाडीलाई हौसला दिदै नगद सहित गर्यो सम्मानरामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ । वडाले बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ
समाचार

अम्बर आदर्शको २३ औँ वार्षिक साधारण सभा सम्पन्न नाफा अघिल्लो वर्ष भन्दा दोब्बर बढी

रामेछाप पुस २१ । मन्थलीमा संचालित अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्ष भन्दा दोब्बर बढी नाफा कमाएको छ । अम्बर आदर्शले आर्थिक वर्ष
समाचार

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री

रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका नेताहरूले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री दिएका छन् । उनीहरूले व्यक्तिगत आर्थिक लगानीमा पालिका भित्रका एक सय भन्दा बढी विद्यार्थीहरूलाई न्यानो कपडा
समाचार

रामेछापमा एक महिलाको बेवारिसे शव फेला

रामेछाप । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं.६ र गोकुलगंगा गाउँपालिका वडा नं. ६ को सिमाना हुदै बग्ने छतिउन खोलाको माथिल्लो छाँगो स्थितमा पानीको सतहमा महिलाको शव भेटिएको जिल्ला प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *