समाचार

रामेछापका जुनार कृषकलाई विषादी वितरण

रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।
रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनीे बताउँछन् । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताए । यस वर्ष रु तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने योजना रहेको बताए ।
रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गरेका छन् । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उनले बताए । “गत वर्ष मैले जुनार बिक्री गरेर रु ७० हजारमात्र लिन सकेको थिएँ, यस वर्ष रु एक लाखसम्मको बिक्री हुने अनुमान छ”, उनले भने ।
सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ । रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् ।
परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ । परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार चार सय २२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा जुनार खेती गरिएको थियो । यहाँ चार हजार तीन सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई रु १९ करोड ९३ लाख ९५ हजारबराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताईन् ।
यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ६८ हजारबराबरको बिक्री हुने अपेक्षा गरिएको छ । जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो रु ६० देखि रु ७५ सम्ममा बिक्री गर्ने गरेका छन् ।

Shares:

Related Posts

समाचार

फोनिज रामेछापले मनायो २६ औं स्थापना दिवस, दुई पत्रकार सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६ औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा
समाचार

स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियान रामेछापमा

रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै प्रदेशमा
अन्य

प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुुन्छ : पौडेल

रामेछाप । काँग्रेस र एमालेको एजेन्डा नमिल्ने भएकोले काँग्रेससँग सरकारमा सहकार्य हुन नसक्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्पष्ट पारे । ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर
समाचार

रामेछाप नगरपालिका वडा न. ७ सुकाजोरले सम्पन्न गर्यो सार्वजनिक सुनुवाइ

घरघरमा बिरामी परीक्षण गर्दै आयुर्वेद चिकित्सालयरामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *