अन्यसमाचार

रामेछापमा मनाइयो १३ औँ राष्ट्रिय कर दिवस

रामेछाप । राष्ट्रिय कर दिवस ¥याली एवं प्रभात फेरी कार्यक्रम गरी मनाइएको छ । शनिवार १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा जनचेतना मूलक प्लेकार्ड र पञ्चेबाजा सहितको प्रभात फेरी पछि आयोजित अन्तरक्रिया कार्यक्रममा आयोजना गरिएको थियो।
विपद्मा परेकै बेला जिल्लाकै एक स्थानीय तहका प्रमुखले आफूलाई चढ्नको लागि नागरिकले तिरेको करबाट गाडी खरिद गर्ने भन्ने तर उनीहरूको समस्यामा एउटा त्रिपाल समेत दिन नसकेको प्रति जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले असन्तुष्टि जनाए ।
राज्यले करको ठुलो हिस्सेदार निजी क्षेत्रलाई ‘अर्को’ व्यवहार गर्न नहुने र सहज रूपमै कर तिर्ने वातावरण मिलाउन सके थप कर संकलन हुने रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरले दाबी गरे ।
आफूले कमाएको सम्पत्तिलाई सही हो भन्ने पुष्टि गर्न कर तिर्नु हामी सबैको दायित्व रहेको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले भनाई छ । तीन तहको सरकारमा विविध शीर्षकमा कर तिर्दा नागरिकहरू मर्कामा परेको जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाको भनाई थियो । विकसित मुलुकहरूमा पनि राज्यले ४० प्रतिशत सम्म कर उठाइरहेको प्रसङ्ग जोड्दै राज्यसँग स्रोत भए राम्रो ठाउँमा सही लगानी हुने रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले दाबी गरे ।
कर दाता सेवा कार्यालयकी प्रमुख प्रतिमा घिमिरेले गत आर्थिक वर्ष जस्तै यो वर्ष पनि लक्ष्य पुरा हुने गरी कार्य भइरहेको बताइन् ।

Shares:

Related Posts

समाचार

शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला

रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा
अन्य

मन्थलमा दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गर्ने औषधी पसल निलम्बनमा

रामेछाप । मन्थलीमा दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गर्ने औषधी पसल निलम्बनमा परेका छन् । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मन्थली बजारमा सञ्चालित १ फार्मेसी र १ मेडिकल
अन्य

चिकित्सालयले नागरिकको विश्वास बढ्दो देखिए पछि भौतिक पूर्वाधार अभावमा मन्थली अस्पतालको पुरानो भवनबाट सेवा दिने

रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले
समाचार

मानव अधिकार एलाइन्स रामेछापको ५ औँ अधिबेशनबाट अध्यक्षमा सुमन बोहरा

रामेछाप पौष २६ । मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा सर्बसम्मत निर्बाचित भएका छन् । शुक्रबार भएको ५ औं जिल्ला अधिबेशन बाट अध्यक्षमा बोहरा निर्वाचित भएका हुन् । उपाध्यक्षमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *