समाचार

रामचन्द्रलाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार : कान्छाराम

रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्। कांग्रेसको घरदैलो अभियानका क्रममा कार्यकर्ता र मतदातालाई सम्बोधन गर्दै सभापति तामाङले खड्काको विजय आफ्नो प्रतिष्ठा र जीवनसँग जोडिएको भन्दै निकै अभिव्यक्ति दिएका हुन्।
चुनावी अभियानको सिलसिलामा आयोजित सभामा बोल्दै कान्छारामले भने, “रामचन्द्र खड्काजस्तो स्वच्छ छवि र निष्ठावान् नेतालाई यो निर्वाचनमा मद्दत गर्नु पर्छ र उहाँलाई जिताउन पर्छ।“
सभापति कान्छारामले रामचन्द्र खड्कालाई पार्टीको मात्र नभई सिङ्गो जिल्लाकै सम्पत्तिका रूपमा चित्रण गरे। उनले खड्काको राजनीतिक जीवनमा कुनै पनि भ्रष्टाचार वा अनैतिक कार्यको दाग नलागेको चर्चा गर्दै यस्तो इमानदार पात्रलाई संसद्मा पु¥याउनु रामेछापेली जनताको दायित्व भएको बताए।
“हामीले सधैँ खराब नेता भयो भनेर गुनासो गर्यौँ, तर अहिले कांग्रेसले सबैभन्दा योग्य र निष्कलंक व्यक्तिलाई अघि सारेको छ। यस्तो बेला पनि हामीले उहाँलाई सहयोग गरेनौँ भने राजनीतिमा इमानदारीको अर्थ रहँदैन। म उहाँको विजयका लागि आफ्नो ज्यानको बाजी लगाउन तयार छु।“ पार्टीभित्र कहिलेकाहीँ देखिने आन्तरिक मतभेदलाई लक्षित गर्दै कान्छारामले यस पटक कुनै पनि बहानामा अन्तर्घात स्वीकार्य नहुने चेतावनी दिए। उनले आफू जिल्ला सभापतिको नाताले सबैलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध रहेको र रामचन्द्र खड्कालाई जिताउनु नै आफ्नो मुख्य मिसन रहेको स्पष्ट पारे।

Shares:

Related Posts

समाचार

कोदालो बोकेर योजना अनुगमन गर्ने, ल्यावटेष्ट परीक्षण पछि मात्र योजना भुक्तानी गर्ने

रामेछाप । गाउँपालिकाले सञ्चालन गरेको योजनाहरूको अनुगमन गर्न आफै कोदालो बोकेर हिँड्ने लिखुतामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताए । प्रमुख प्रशासकीय अधिकृत भुजेलले भने– गाउँपालिकाका अधिकांश योजना भौतिक
समाचार

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँ

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँरामेछाप । रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले
समाचार

थालियो बीपी राजमार्गमा थप मर्मतका काम

काभ्रेपलान्चोक । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक
समाचार

रामेछापका जुनार कृषकलाई विषादी वितरण

रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *