समाचार

डिभिजन बन कार्यालय रामेछाप घुसको अखडा बन्दै, आफै घुस खाँदै आफै गाडी समात्दै

रामेछाप । डिभिजन बन कार्यालय सुनसरीले अवैधरुपमा ल्याएको आशङ्कामा चार वटा ट्रकमा लोड गरेको खयरको काठ नियन्त्रणमा लियो। रामेछापबाट लोड गरी सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा पठाइएको उक्त परिमाणको काठ मङ्गलवार राति नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले भने । रामेछापबाट लोड गरेर पठाइएको बा प्र ०१००६ ख २१११, बा. प्र. ०१००६ ख ३३४९, म. प्र. ०३००२ ख ००९५ र क. प. ०२००१ ख ०४१९ नम्बरको ट्रकमा कैफियत देखिएको भनेर रामेछाप डिभिजन वन अधिकृत ओम सागर भण्डारीले पत्र काटे पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशनमा प्रहरीसँगको समन्वयमा उक्त ट्रक नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय सुनसरीले जनाएको छ ।

तर रामेछापको कथा र व्यथा भने अर्कै छ । रामेछापका डिभिजन वन अधिकृत ओम सागर भण्डारीका कारण कैफियत नै नभएको ठाउँमा कैफियत देखाएर खयर लोड भएका गाडी नियन्त्रणमा लिइएको ठेकेदार श्याम लिम्बुको भनाई छ ।

यहाँ आश्चर्यको कुरा चाहिँ के छ भने यो खयर पठाउन छुट पुर्जी दिने उही डिभिजन वन अधिकृत ओम सागर भण्डारी हुन् । उनकै आदेशअनुसार मातहतका कर्मचारीले खयरको काठ पठाउन छुट पुर्जी दिएका हुन् । तर आफैले छुट पुर्जी दिएको खयर समाउन डिभिजन वन अधिकृत ओम सागर भण्डारी आफैले सुनसरी डिभिजन वन कार्यालयलाई पत्र काटेको डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले बताएका छन् ।

आफैले छुट पुर्जी जारी गरेको खयरका काठ समाउन आफैले पत्र काटेको भन्दा सबैलाई अपाच्य हुन सक्छ । यो कुरा नै अपाच्य हुने खालको छ । खयर व्यापारी श्याम लिम्बुका अनुसार डिभिजन बन कार्यालयका हाकिम ओम सागर भण्डारी ठुला भ्रष्टाचारी हुन् । लिम्बुको भनाई अनुसार डिभिजन बन कार्यालय रामेछापका प्रमुख ओम सागर भण्डारीले सुनसरीमा पक्राउ परेको चार ट्रकका लागी ४ लाख घुस लिई सकेका छन् । ४ लाख घुस लिई सकेपछि सो घुस पचाउन भण्डारीले सो गाडी पक्राउ गर्न पत्र काटेको लिम्बुको भनाई छ ।

खयर व्यापारी श्याम लिम्बुका अनुसार रामेछापका डिभिजन वन अधिकृत ओम सागर भण्डारीले यस आर्थिक वर्षमा खयर पठाउन जम्माजम्मी उनीसँग ३२ लाख घुस लिई सकेका छन् । डिभिजन वन अधिकृत भण्डारीले एउटा खयर व्यापारी सँग मात्रै ३२ लाख रुपैयाँ घुस लिई खयरको छुट पुर्जी जारी गरेका छन् ।

रामेछापबाट खयर निर्यात गर्ने लिम्बु एक मात्र व्यापारी हैनन् । लिम्बु जस्ता धेरै खयर व्यापारीले रामेछापबाट खयर कटानी गरी बेचबिखन गरेका छन् । अन्य खयर व्यापारीसँग कति लिए? कति खाए ? भन्ने तथ्याङ्क गन्तव्य टुडेले प्रकाशन गर्दै जाने छ नै । तर डिभिजन वन अधिकृत ओम सागर भण्डारी जस्ता कमिसनमा लिप्त कार्यालय प्रमुख होउन्जेल किसानले कहिल्यै सही मूल्य पाउँदैनन् ।

Shares:

Related Posts

अन्य

विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर
समाचार

रामेछापमा संविधान दिवस विविध कार्यक्रम गरि मनाउने

रामेछाप । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीको संयोजकत्वमा बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको बैठकले असोज ३ गते संविधान दिवस २०७२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको
समाचार

आर्थिक अनियमितता गर्ने लाई कानुनी दायरामा ल्याउँछु : रामचन्द्र खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले मुलुकमा व्याप्त आर्थिक अनियमितता र भ्रष्टाचारलाई कानुनको दायरामा ल्याउन आफूले कडा कदम चाल्ने बताएका छन् । आगामी फागुन
समाचार

भयो सहमति रामेछाप बजार सडक कालोपत्रे हुने बाटो खुल्यो

रामेछाप — लामो समयदेखि अवरोधका कारण रोकिएको सेलेघाट–रामेछाप–साँघुटार सडक अन्तर्गत रामेछाप बजार क्षेत्रको सडक कालोपत्रे गर्ने काम अब अघि बढ्ने भएको छ।सडक विस्तारका क्रममा मापदण्ड क्षेत्रभित्र पर्ने अधिकांश घरटहरा भत्काइसकिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *