समाचार

आर्थिक अनियमितता गर्ने लाई कानुनी दायरामा ल्याउँछु : रामचन्द्र खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले मुलुकमा व्याप्त आर्थिक अनियमितता र भ्रष्टाचारलाई कानुनको दायरामा ल्याउन आफूले कडा कदम चाल्ने बताएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा रामेछाप–काठमाडौँ सम्पर्क समितिले सोमबार मध्यबानेश्वरस्थित सनराईज क्याफेमा आयोजना गरेको ‘भेटघाट तथा छलफल’ कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
पार्टीभित्र र राज्यसत्तामा देखिएको पारिवारिक विरासतको राजनीतिक संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिँदै नेता खड्काले बदलिँदो परिस्थितिलाई आत्मसात् नगरेसम्म युवा र विभिन्न वर्गका भावना समेटिन नसक्ने उल्लेख गरे । “एउटै मान्छे र एउटै परिवारलाई पटक–पटक अवसर दिने संस्कृतिले अन्य योग्य कार्यकर्ता र युवाको भावना समेट्न सकेन,“ खड्काले भने, “अब सामूहिक नेतृत्वको अवधारणाबाट अघि बढ्नुपर्छ, म जिल्लाको एउटा सदस्यको हैसियतले त्यसको नेतृत्व गर्न तयार छु ।“
आफ्नो उम्मेदवारी व्यक्तिगत लाभका लागि नभएको प्रष्ट पार्दै खड्काले सार्वजनिक पदमा पुगेर कमिसन वा आर्थिक प्रलोभनमा परेको पुष्टि भए आफू पूर्ण जवाफदेही हुने घोषणा गरे । “मलाई व्यक्तिगत लाभ लिने कुनै अधिकार छैन, यदि मबाट कमिसन वा गलत काम भयो भने त्यसको जवाफदेही म आफैँ हुनेछु,“ उनले अगाडि थपे, “भ्रष्टाचारको अन्त्य पहिला रामेछापबाटै सुरु गर्छु अनि मात्र देशव्यापी अभियानमा जान्छु ।“
रामेछापको विकासका सन्दर्भमा आफ्नो स्पष्ट मार्गचित्र रहेको बताउँदै उनले कृषि र पर्यटनलाई जिल्लाको समृद्धिको पहिलो आधार बनाउने उद्घोष गरे । जिल्लाबाट पलायन भइरहेको जनशक्तिलाई रोक्न व्यावसायिक कृषि क्रान्ति आवश्यक रहेको उनको तर्क थियो । उनले भने, “म मन्त्री हुनु वा नहुनु ठुलो कुरा होइन, तर यदि अवसर पाएँ भने कृषि र पर्यटनलाई व्यापारिक ढङ्गले अगाडि बढाएर रामेछापको मुहार फेर्नेछु ।“ खानेपानी, सडक र स्थानीय उत्पादनको बजारीकरण नै आफ्नो प्रमुख कार्यसूची रहने उनले बताए ।
खड्काले आफू निर्वाचित भएमा पाँच वर्षसम्म चौबिसै घण्टा जनताको सेवामा समर्पित हुने र अर्को कार्यकालका लागि फेरि टिकटको दाबी नगर्ने अनौठो घोषणा समेत गरे । “पाँच वर्ष जनताको काम गर्छु, त्यसपछि नेतृत्व हस्तान्तरण गर्नेछु, म शक्तिमा टाँसिई रहन फेरि टिकट माग्न जाने छैन,“ उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता, कार्यकर्ता तथा रामेछापबाट काठमाडौँ आई विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरूको उपस्थिति थियो । सो अवसरमा खड्काले महिला, दलित, जनजाति र युवाहरूको साथ लिएर जिल्लाको सेवामा जीवनपर्यन्त लागिरहने प्रण समेत गरे ।

Shares:

Related Posts

समाचार

दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता २०८० शुरु

रामेछाप , २३ माघ । मन्थली नगरपालिकाले द्धारा आयोजीत दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता–२०८० आज बाट सदरमुकाम मन्थलीमा शुरु भएको छ ।मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा
समाचार

लिखु तामाकोशी गाउँपालिकाले पालिकामा माटो परीक्षण गर्ने

रामेछाप। जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पालिकामा नै माटो परीक्षणको व्यवस्था गर्ने भएको छ। पालिकाले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्ने कृषि तथा पशुपक्षी विकास
समाचार

रामेछाप नगरपालिको १५ औँ नगरसभा सम्पन्न, ७३ करोड ६ लाखको बजेट

रामेछाप । रामेछाप नगरपालिका आर्थिक वर्ष २०८१÷८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगर प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी
समाचार

बजार क्षेत्र कालो पत्रे भए पछि धोबी बजारमा वृक्षारोपण

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी बजारमा बिरुवा रोपिएको छ । धोबी बजार व्यवस्थापन समिति तथा स्थानीय व्यापारीको आयोजनामा बिरुवा रोपिएको हो । बिरुवा रोप्ने कार्यक्रमका लागी लिखुतामाकोशी गाउँपालिकाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *