समाचार

बजार क्षेत्र कालो पत्रे भए पछि धोबी बजारमा वृक्षारोपण

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी बजारमा बिरुवा रोपिएको छ । धोबी बजार व्यवस्थापन समिति तथा स्थानीय व्यापारीको आयोजनामा बिरुवा रोपिएको हो । बिरुवा रोप्ने कार्यक्रमका लागी लिखुतामाकोशी गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।
लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत तथा वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल राज तामाङको उपस्थितिमा बिरुवा रोपिएको छ । स्ट्यान्ड सहित गमलामा फुल तथा बिरुवा रोपिएको पालिकाले जनाएको छ । स्थानीयले आफ्नै मनको कुरा माग गरेकोले आवश्यक सामाग्री पालिकाले उपलब्ध गराएको पालिका अध्यक्ष केशव महतले बताए ।
लिखुतामाकोशीले यसै आर्थिक वर्षमा धोबी बजार आसपास सडक कालोपत्रे भयपछि सडक सजावटमा जुटेको स्थानीय लक्ष्मण खड्का बताउँछन् । सडक राम्रो देखियो अब पर्यावरणमा समेत ध्यान पु¥याउन बिरुवा रोपिएको उनले बताए ।
धोबी बजारमा ४० थान स्ट्यान्ड , माटोको गमला सहित फुल रोप्ने काम सम्पन्न गरिएको छ ।

Shares:

Related Posts

समाचार

सेफ हाउस संचालकलाई राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश द्धरा अभिमुखीकरण

रामेछाप । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले मन्थलीमा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सकेको छ । रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक
अन्य

जिल्लामा ठूलो बजेट प्रस्तुत गर्ने मन्थली नगरपालिका, १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत १ अर्ब बढीको बजेट

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख बस्नेतले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख
समाचार

बागमती प्रदेश सरकारले ल्यायोे ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट, कुन मन्त्रालयमा कति बजेट, स्थानीय तहले कति पाए

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट
समाचार

सुमो दुर्घटना हुदाँ तीन जना घाइते

रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं. ९ पिङ्गखुरी , वरबोटमा सुमो दुर्घटना भएको छ । आज (आईतबार) बिहान अन्दाजी ०६ः५० बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *