समाचार

नेपाल तरुण दल रामेछापले आगलागी पीडितलाई पानी जम्मा गर्ने हिल्टेक वितरण

रामेछाप – नेपाल तरुण दल रामेछापले टाहार गाउँका आगलागी पीडितलाई पानी जम्मा गर्ने हिल्टेक ट्याङ्की वितरण गरेको छ । नेपाल तरुण दल रामेछापले विहिवार टाहारमा स्वयम् पिडित परिवारलाई १३ घर पिडितलाई ५ सय लिटरको १३ वटा पानी जम्मा गर्ने हिल्टेक ट्याङ्की वितरण गरिएको हो । तरुण दल रामेछापले तरुणहरुको सहयोग तथा तरुण दलको आन्तरीक श्रोतबाट हिल्टेक ट्याङ्की पिडितलाई हस्तान्तरण गरिएको जिल्ला उपसभापति बासु फुयालले बताए ।
सुख्खायाम भएकोले आगोलागीका कारण खानेपानीको लागी अभाव नहोस् भन्ने हेतुले पिडितलाई पानी जम्मा गर्न हिल्टेक ट्याङ्की प्रदान गरिएको नेपाल तरुण दल रामेछापका अध्यक्ष काजि बहादुर खड्का (दिनेश) ले बताए ।
रामेछाप नगरपालिका नगर प्रमुख लवश्री न्यौपानेले यस आगलागी पिडितहरुका लागि राहत वितरण प्रभावकारी ढंगले अगाडी बढाउन विभिन्न निकायबाट आउने विभिन्न सहयोगहरु नगरपालिकाले एकद्धरप्रणाली लागु गरेको बताए ।
विहिबार २९ गते भएको कार्यक्रममा रामेछाप नगरपालीका वडा नं. ७ का अध्यक्ष एवम् प्रवक्ता समीर कार्की, नेपाल तरुण दल रामेछापका उपाध्यक्ष जीवन कार्की लगाएतको उपस्थिति रहेको थियो । गत चैत्र १ गते टाहार गाउँमा आगलागी हुँदा १३ घर, १४ गोठ जलेर नष्ट भएका थिए ।

Shares:

Related Posts

समाचार

देश भरिका होटल व्यवसायी मन्थलीमा

रामेछाप । होटेल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले जिल्लाको मन्थलीमा पहिलो पटक प्रदेश भरिका होटल व्यवसायीहरूलाई भित्र्याएर कार्यक्रम गरेको छ । संघले चौथो साधारण सभालाई अवसर बनाएर रामेछापको
समाचार

खाँडादेवी गाउँपालिकाको सान्नेफेदीमा बोलेरो दुर्घटना, १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ सान्नेफेदीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । (आज) बुधवार दिउँसो अन्दाजी २ : ४५ बजेको
समाचार

रामेछापको प्याब्सनको अध्यक्षमा तिमल्सिना दोहोरिए, सामाजिक उत्तरदायित्वबाट पछि हट्यो

रामेछाप पुस १८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रामेछापको अध्यक्षमा केशव तिमल्सिना दोहोरिएका छन् । कर्कला देवी बोर्डिङ स्कुलका प्रिन्सिपल तिमल्सिना दोस्रो कार्यकालको लागि सर्व सहमतिमा अध्यक्षमा दोहोरिएका
समाचार

परियोजना कार्यान्वयन इकाई रामेछाप द्धरा अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र वितरण

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह,

Leave a Reply

Your email address will not be published. Required fields are marked *