राजनीति

बाँदरको घोडा चढे पछि भिर बाट लडिन्छ, लड्यौँ १ पल्ट लड्यौँ फेरी लड्यौँ – संजय गौतम

रामेछाप । नेपाली काँग्रेस देशको बलियो राजनैतिक शक्ति बन्न काँग्रेस एक ढिक्का हुनुपर्ने काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सिँचाइ मन्त्री माननीय संजय गौतमले बताए । नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै गौतमले यस्तो बताएका हुन् ।
गौतमले पार्टीलाई जनता प्रति जबाफदेही र बलियो राजनैतिक शक्तिको रूपमा विकास गर्न सम्पूर्ण काँग्रेसका सदस्यहरू एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताएका हुन । उनले भने – काँग्रेस बलियो भयो भने मात्र देश बलियो हुन्छ, देश बलियो हुनका लागि काँग्रेसका हर कार्यकर्ता बलियो हुन जरुरी छ ।


नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको कार्यक्रममा पार्टीका जिल्ला तहका नेताहरूले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले अब पार्टीका नेता तथा कार्यकर्ताहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन् । उनीहरूले माओवादी केन्द्रसँग गठबन्धन गरेर पार्टीलाई ठुलो धोका भएको बताएका छन् ।
गठबन्धनलाई व्यङ्ग गर्दै गौतमले भने– बाँदरको घोडा चढे पछि भिर बाट लडिन्छ, लड्यौँ १ पल्ट, लड्यौँ फेरी लड्यौँ, अव हामीले वैचारिक रूपले लाग्नु पर्छ । काँग्रेस आफ्नो खुट्टाको दमले आफै अगाडि बढ्न सक्नु पर्छ ।


रामेछाप नगरपालिका काँग्रेसको किल्ला रहेको भन्दै आफूले ल्याउने हरेक विकासको कामहरूमा नगरपालिकालाई पहिलो प्राथमिकतामा राख्ने नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)ले बताए। उनले अब काँग्रेसको संगठन कमजोर रहेको ठाउँमा विकासको कामहरू ल्याएर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । जिल्लामा पार्टीलाई मजबुत बनाउन नेता तथा कार्यकर्तालाई हरेक बस्ती गाँउटोल जनता समक्ष पुग्न निर्देशन समेत दिए ।
नेपाली काँग्रेस निवर्तमान जिल्ला पार्टी सभापति एवम् रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले नगरपालिकाले पर्यटन व्यवसायसँग जोडिएर नगरको जनताको आम्दानी बढाउने प्रयत्नमा लागेको बताए ।


कार्यक्रम जिल्ला उपसभापति लेख ब कार्की, महासमिति सदस्य नरबहादुर थापा मगर, रत्न कार्की, कुमारी हायु लगायत जिल्ला तहका नेताहरूले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले अब पार्टीका नेता तथा कार्यकर्ताहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।


नगर समितिले विगत समयमा पार्टीलाई योगदान गर्ने करिब २ दर्जन नेता तथा कार्यकर्तालाई सम्मान समेत गरेको थियो । कार्यक्रम नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । रामेछाप नगरका सभापति कमल विक्रम कार्कीको अध्यक्षतामा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो ।

Shares:

Related Posts

राजनीति

ईश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन,

रामेछाप । रामेछाप जिल्लामा उपमेयर्स फोरम गठन गरिएको छ । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतलाई फोरमको संयोजकत्व चयन गरेको छ ।मन्थली नगरपालिकामा भएको न्यायिक समितिको
अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *