समाचार

माझी समुदायको लदिपुजा सकियो

रामेछाप । माझी समुदायको विशेष पर्व लदिपुजा धूमधामकासाथ यसपालि पनि मनाइएको छ । प्रत्येक वर्षको फागुन महिनाको साइँली मङ्गलबार मनाउने लदी (कोसी) पूजाको पहिलो दिन मङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास रहेको माझी समुदायले मनाएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ८ गाइखुराका माझीसमुदायहरुले तामाकोशीको किनारमा छिनारी (मसान), मंगलादेवी र जलदेवीकानाममा पाठी, कुखुरा लगायतका वली चढाएर पूजा मनाएका छन् ।
यसपालिबाट रामेछापको सुनापति गाउँपालिका वडा नं. १ गुन्सिका माझी समुदायले पनि सभ्य र भव्य तरिकाले पाठी, परेवा, भाले, कुखुरा र अण्डा तयार गरी पूजाको मण्डप बनाई लदिपुजा मनाएको बालकृष्ण माझीले बताए ।
माझी समुदायहरूले परम्परागत रूपमा चलिआएको यस पर्वलाई निकै महत्वका साथ मनाइरहेका छन् । लदिपुजा गर्नाले माझी समुदायको मुख्य पेसाको रूपमा परिचित पुर्ख्यौली पेसा नदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने उनीहरूको विश्वास छ । साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको छ । वर्षातको समयमा नदीले वर्षौनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । तसर्थ ती क्षतिबाट यस पूजाले बचाउने विश्वासका साथ लदिपुजा गरिँदै आएको समेत बालकृष्ण माझीले बताए ।

Shares:

Related Posts

अन्य

संसद् पुनस्थापनामाग गर्दै एमालेले शनिबार वृहत् जनप्रदर्शन र जनसभा गर्ने

रामेछाप । संसद् पुनस्थापना, शान्ति–सुरक्षा र सुशासनका मागसहित नेकपा एमाले रामेछापले शुक्रबार कार्तिक २९ गते मन्थलीमा वृहत् जनप्रदर्शन र जनसभा आयोजना गर्ने भएको छ। पार्टीले शुक्रबार बिहान मन्थलीस्थित कार्यालयमा आयोजना
समाचार

सम्पर्क बिहीन हायु परिवारकोअन्तिम लोकेसन रामेछापको सिमन्टीछाप भन्ने ठाउँ देखियो

काठमाडौं । सम्पर्क विहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्टीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ ।गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने
समाचार

उमाकुण्ड गाउँपालिकाले गाउँमै नागरिकलाई सुविधा दिँदै

रामेछाप । उमाकुण्ड गाउँपालिकाले नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।गाउँपालिकाका सात वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्यका साथ उमाकुण्ड
समाचार

यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *