समाचार

फोनिज रामेछापले मनायो २६ औं स्थापना दिवस, दुई पत्रकार सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६ औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिएको हो।
नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष तथा पालिका आवाज साप्ताहिकका सम्पादक बद्रि नयाँघरे “खोज पत्रकारिता पुरस्कार” बाट सम्मानित भएका हुन् । तीन दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नयाँघरेलाई नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो।
त्यस्तै, नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष तथा कोसिस न्युजका सम्पादक ज्ञानु श्रेष्ठलाई “नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार” प्रदान गरिएको छ। लामोसमय देखि जिल्लामा सक्रिय पत्रकारिता गर्दै आएकि श्रेष्ठलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर वितरण गर्दै आएको छ। पुरस्कार वितरणको उद्देश्य पत्रकारहरूलाई प्रोत्साहन गर्नु र क्षेत्रगत योगदानको कदर गर्नु रहेको फोनिजले जनाएको छ।
सम्मान समारोहसँगै “पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो। कार्यक्रममा निर्वतमान अध्यक्ष नवराज श्रेष्ठ र सचिव सुमित्रा थोकरले कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागी पत्रकारहरूले पर्यटन विकासमा पत्रकारिताको योगदानबारे धारणा राखेका थिए।
फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठ, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, पूर्व अध्यक्षहरू हिमाल ढुगेल र बद्रि नयाँघरेलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित पत्रकारहरूको योगदानको प्रशंसा गरेका थिए।
सम्मानित पत्रकारहरूले आफूले पाएको पुरस्कारलाई जिम्मेवारीको रूपमा लिँदै आगामी दिनमा अझ सत्यनिष्ठ, निष्पक्ष र जनपक्षीय पत्रकारिता गर्ने प्रतिबद्धता जनाए।

Shares:

Related Posts

समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष महत दुरागाउँमा, जनता भए खुशी

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय
समाचार

कोदालो बोकेर योजना अनुगमन गर्ने, ल्यावटेष्ट परीक्षण पछि मात्र योजना भुक्तानी गर्ने

रामेछाप । गाउँपालिकाले सञ्चालन गरेको योजनाहरूको अनुगमन गर्न आफै कोदालो बोकेर हिँड्ने लिखुतामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताए । प्रमुख प्रशासकीय अधिकृत भुजेलले भने– गाउँपालिकाका अधिकांश योजना भौतिक
समाचार

मन्थली नगरपालिकाले सुरु गर्यो किसानका लागि २ दिने कृषि तथा लघु उद्यम प्रर्दशनी रामेछाप । मन्थली नगरपालिकाले मंगलवारबाट सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको आरम्भ गरेको
समाचार

क्यान्सर पीडित खड्कालाई रामेछापका काँग्रेस नेताहरुले गरे नगद सहयोग

रामेछाप । नेपाली काग्रँेस रामेछापका नेताहरुले हड्डी क्यान्सर पिडित शिवबहादुर खड्कालाई नगद सहयोग गरेका छन् । मन्थली नगरपालिका ३ कठजोर निवासी शिवबहादुर खड्का विगत केहि समय देखि हड्डी क्यान्सरबाट पीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *