समाचार

सोलुखुम्बुमा हिमपात, भकान्जे लप्सु हुँदै लामजुरा सडक अवरुद्ध
सोलुखुम्बु । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ ।

हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ । सडक खुलाउन समय लाग्ने उनले बताए ।

सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ।

माथिल्लो सोलुखुम्बूमा यसअघि नै हिमपात भए तल्लो सोलुमा भने यसवर्ष पहिलो पटक हिमपात भएको हो । हिउँ परेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
९३ सामुदायिक विद्यालय बन्द
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मंसीर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।

जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिए ।

चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थानीय पशी शेर्पाले बताइन् । पिके मावि लोदिंका प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार चिसोका कारण पठनपाठनमा असर गर्ने भएपछि विद्यालयले सोहीअनुसार पात्रो तयार गरेर जाडो बिदाको निर्णय गरेको हो ।

Shares:

Related Posts

समाचार

रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको खुल्यो पहिचान, उत्तरगयामा भेटियो खुट्टा

रसुवा । मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका-२ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।बेपत्ता भएका तीन जना प्रहरी
समाचार

नेपाली काँग्रेसको नेतृत्व परिवर्तन जरुरी छ ः केन्द्रीय सदस्य पौडेल

रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्। बिहीबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसले अब नयाँ
समाचार

माझी समुदायको लदिपुजा सकियो

रामेछाप । माझी समुदायको विशेष पर्व लदिपुजा धूमधामकासाथ यसपालि पनि मनाइएको छ । प्रत्येक वर्षको फागुन महिनाको साइँली मङ्गलबार मनाउने लदी (कोसी) पूजाको पहिलो दिन मङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास
समाचार

लिखु तामाकोशी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व २०८१÷०८२ को दोस्रो चौमासिक अवधि सम्म प्रवाह भएको सार्वजनिक सेवा सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई शुक्रवार धोबीबजारमा सम्पन्न भएको छ । लिखु तामाकोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *