सोलुखुम्बु पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यहाँ विकासका पूर्वाधारलाई थप सबल बनाइने बताए। प्रधानमन्त्री ओलीले पर्यटन सडकको स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारबीच सहकार्य कायम रहने बताए ।
‘यो सडकलाई कालोपत्र बनाउने जिम्मा दुवै सरकारको हुनेछ । यस जिल्लाको विकास अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन,’ उनले भने, ‘राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पाजस्ता विश्वविख्यात सहासिक व्यक्तिहरूको जन्मभूमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउनेछ ।’
खुम्बु क्षेत्रमा सडक सञ्जाल विस्तार र स्तरोन्नतिका लागि सरकारले गम्भीर प्रयास गर्ने प्रतिबद्धता दोहो¥याउँदै प्रधानमन्त्री ओलीले यहाँ साहसिक पर्यटन र सांस्कृतिक महत्वलाई थप उजागर गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकारको विशेष ध्यान जाने बताए ।
सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पु¥याउने प्रधानमन्त्री ओलीको विश्वास छ । यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनाका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग, पर्यटनमा ऐतिहासिक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन, सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली
Shares:




