समाचार

तामाकोशी नदिमा महिला हाम फाल्दा बेपत्ता

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ५ तामाकोशीे पुल नजिक तामाकोशी नदिमा महिला हाम फाल्दा बेपत्ता भएकी छिन् । अन्दाजी ५०÷५५ वर्ष की महिला बाग्मती प्रदेश १००० छ ५६१७ नम्बरको अरनिको यातायात बसमा काठमाडौँ जडिबुटी बाट दोलखाको गाईखुरा जाने बस चडेकी थिईन् । शनिबार दिउँसो २ः५५ बजे बसबाट तामाकोशी बजारमा झरेकी महिला केही समय पछि तामाकोशी नदीमा गएर हाम फालेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । बेलुकी ६ः४० बजे सम्ममा महिलाको परिचय खुल्न नसकेकोे प्रहरीले जानकारी दिएको छ ।
‘एक्कासी महिला पानीमा डृबेपछि १ मिनेट सम्म पानीमा पैडिखेले जसरी बगायो पछि २ वटै हात हल्लाएर मान्छे बोलाए जस्तो गरे पछि घुमाउनेमा डुबाए पछि केही बेर हसाए पछि घोप्टो पारेको अवस्थामा महिलालाई बगायो’ प्रत्यक्षदर्शी राजन प्रसाद ढुंगेलले जानकारी दिए । स्थानीयले बचाउन खाज्दा बचाउन नसकीएको ढुंगेलको भनाई छ । रामेछाप घर भएका ढुंगेल जिरीबाट फर्कदै रहेका थिए । बेपत्ता महिलाको प्रहरी टोली र स्थानीय द्धरा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Shares:

Related Posts

समाचार

बजार क्षेत्र कालो पत्रे भए पछि धोबी बजारमा वृक्षारोपण

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी बजारमा बिरुवा रोपिएको छ । धोबी बजार व्यवस्थापन समिति तथा स्थानीय व्यापारीको आयोजनामा बिरुवा रोपिएको हो । बिरुवा रोप्ने कार्यक्रमका लागी लिखुतामाकोशी गाउँपालिकाले
समाचार

रामेछापका प्रहरी प्रमुख डीएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार

काठमाडौँ– नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा रामेछापका प्रहरी प्रमुख भट्ट पूर्ण शान्ति पुरस्कार बाट
समाचार

लायन्स क्लबले दियो, पहिरो पिडीतलाई राहत

रामेछाप । मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ ।रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा संस्थाले सोमबार
समाचार

वडा नं ७ सुकाजोरले ५ सय बढी घरपरिवारको निशुल्क गर्यो स्वास्थ्य बिमा

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले निशुल्क नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सय भन्दा बढी घरपरिवारको स्वास्थ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *