समाचार

रामेछापका प्रहरी प्रमुख डीएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार

काठमाडौँ– नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा रामेछापका प्रहरी प्रमुख भट्ट पूर्ण शान्ति पुरस्कार बाट पुरस्कृत भएका ह्ुन ।
प्रहरी प्रधान कार्यालय नक्सालमा (आज) शुक्रबार भएको कार्यक्रममा भट्टलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका थिए ।
रामेछाप आउनु अघि भट्ट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा थिए । त्यहाँ उनी फरार अभियुक्त पक्राउमा खटिएका थिए । भट्टले रामेछाप प्रहरीको नेतृत्व सम्हालेपछि जिल्लामा ठूला अपराधका घटनाहरु भएका छैनन् । जेनजी आन्दोलनका बेला देशका धेरै जिल्लाहरुमा ठुलो क्षतिहरु भएका थिए । तर, भट्ट प्रमुख रहेको रामेछाप जिल्लामा कुनै पनि घटना भएका थिएन ।

Shares:

Related Posts

समाचार

बिर्तामा बस दुर्घट्ना हुदाँ १० जना घाईते, घाईते भएका १० जनालाई नै धुलीखेल अस्पताल रिफर गरियो

रामेछाप । जिल्लाको लिखु तामाकोशी गा.पा.वडा नं.६ बिर्ता भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटना हुदाँ १० जना घाईते भएका छन् । गैरीबाट मन्थली तर्फ आउदै गरेको बा ५
समाचार

कार्तिक महिनासम्म एक हजार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने

रामेछाप, असार १२ । वर्षौंदेखि जमीनको टुप्पो नपाएर बसिरहेका भूमिहीन र अव्यवस्थित बसोबासी समुदाय अब आफ्नो घरजग्गाको प्रमाणपत्र, अर्थात् लालपुर्जा हात पार्ने आशामा छन्। उनीहरूको यो लामो प्रतीक्षा अन्त्यतिर उन्मुख
समाचार

नेपाल रेडक्रस रामेछापले ब्लड बैैंकका लागि सहयोग गर्न माग

रामेछाप । नेपाल रेडक्रस रामेछापले सञ्चालन गरिरहेको ब्लड बैकको लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरेको छ । ब्लड बैङ्कका लागि आवश्यक पर्ने एउटा फ्रिज उपलब्ध गराउन रेडक्रसले वाग्मती प्रदेश
समाचार

फोनिज रामेछापले मनायो २६ औं स्थापना दिवस, दुई पत्रकार सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६ औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *