ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाले गाँउपालिकाको गान निर्माण गर्ने उद्देश्यका साथ साहित्यकार तथा कलाकारसँग रचनाको शब्द रचनाको लागि आव्हान गरेको छ । जिल्लाको अन्य स्थानीय तहले समेत आफ्नै गाउँपालिकाको गान तयारी गरेको अबस्थामा लिखु गाउँपालिकाले पनि आफ्नै गाउँपालिकाको गान तयार गर्न लागेको हो । गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै लिखु गाउँपालिकाको बस्तुस्थिती, भूगोल, धर्मसंस्कृति झल्कने शब्द समाबेश भएको गाउँपालिका गानको शब्द रचना गरि उपलब्ध गराईदिन अनुरोध गरेको हो । आगामी फागुन १० गते सम्म रचना लय सहित उपलब्ध गराउनु पर्ने छ । शब्द रचनाकार भने लिखु गाउँपालिका भित्रका स्थायी बसोबास गरेका नागरिक हुनुपर्ने पनि गाउँपालिकाले नियम बनाएको छ ।
लिखु गाउँपालिकाले ग¥यो पालिका गानको लागि रचनाको माग
Related Posts
घरघरमा बिरामी परीक्षण गर्दै आयुर्वेद चिकित्सालयरामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा
रामेछाप । सरकारी सेवा जनताको भरोसामा टिकेको हुन्छ। तर भरोसा चर्किएको बेला भाषणले मात्र टाल्न सकिँदैन। यही यथार्थ प्रष्ट देखियो मन्थलीमा आयोजित ‘हुलाक सेवा सम्बन्धी स्थानीय तहसँग अन्तक्र्रिया’ कार्यक्रममा ।
रामेछाप । जिल्लाको मन्थली नगरपालिका– १ को मन्थली अस्पतालले जिल्लामा पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। बिरामीलाई धुलिखेल अस्पतालमा रहँदै आएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको
रामेछाप । पशु स्वास्थ्य सेवा प्रवद्र्धन र किसानलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यसहित मन्थली नगरपालिका–१०, चनखुमा एक दिने निःशुल्क पशु स्वास्थ्य तथा परजीवी नियन्त्रण शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न



