अन्यअर्थ

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् ।

क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा उज्वल सुवेदीले ६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी गठवन्धनका उम्मेदवार नवजार घिमिरेले ५५ मत मात्रै प्राप्त गरेका थिए । त्यसैगरी क्याम्पस संञ्चालक समितिको सदस्य पदहरुमा युवराज सुुवेदीले ९४ मत, दीपक प्रसाईले ८२ मत, रामचन्द्र अधिकारीले ६८ मत र नविन केसीले ६४ मत प्राप्त गरी विजयी भएका छन् ।

यसबाहेक सावित्रि घिमिरे (काफ्ले) भने निर्वाचन प्रक्रिया अघि नै निर्विरोध निर्वाचित भएकी थिइन । सदस्य पदमा उम्मेदवार दिएकाहरु मध्ये रमेश कुमार उदाशले ५२ मत र शान्ता सुुवेदीले ५० मत प्राप्त गरी पराजित भएका थिए । क्याम्पस संञ्चालक समितिमा ६ जना निर्वाचित र ४ जना मनोनित साथै अन्य ९ जना पदेन सदस्य रहने गरी १९ जना रहने प्रावधान रहेको छ ।

Shares:

Related Posts

समाचार

दोरम्बा हत्याकाण्ड २२ वर्ष पुरा, रगतको हिसाब कहिले हुने ?

रामेछाप । नेपालको जनयुद्धकालीन इतिहासमा कालो अध्यायका रूपमा चिनिने दोरम्बा हत्याकाण्डलाई २२ वर्ष पुगेको अवसरमा शनिबार माओवादी केन्द्र रामेछापले मन्थलीमा शहीद स्मरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सम्झेको छ ।केन्द्रका
समाचार

हाड जोर्नी सम्बन्धी शिविरमा ८६ जनाले लिए सेवा

रामेछाप । मन्थली अस्पतालमा हाड जोर्नी रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरू सहितको शिविरमा ८६ जनाले सेवा लिएका छन् । मन्थली अस्पतालमा वैशाख २८ गते शुक्रवार (हिजो) डा.इवामुरा मेमोरियल अस्पताल भक्तपुरको विशेषज्ञ
समाचार

आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बस्ने २० जना आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । फाल्गुण ६ गते मंगलवार उहाँहरुलाई मन्थली नगर उप
समाचार

गोकुलगंगा माविको मनायो स्वर्ण जयन्ती

रामेछाप । जिल्लाको गोकुलगगा गाउँपालिका वडा नं. ३ पात्ले डाँडामा स्थापित गोकुलगंगा माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती मनाउन प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले गोकुलगंगा आइपुगेका थिए ।कार्यक्रमका

Leave a Reply

Your email address will not be published. Required fields are marked *