समाचार

५ म्याग्निच्युडको भूकम्प धक्का, रुकुम पूर्वको कोल केन्द्रविन्दु

काठमाडौँ । रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रविन्दु बनाएर आइतबार साँझ मध्यम रगतिको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेट जाँदा ५।० म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका भूगर्भविदहरूका अनुसार भूकम्पको स्थानीय मापन ९एमएल० ५।० रेकर्ड गरिएको छ । भूकम्पको कडा धक्का रुकुम पूर्वसहित लुम्बिनी र कर्णाली प्रदेशका आसपासका हिमाली तथा पहाडी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

विशेष गरी छिमेकी जिल्लाहरू रोल्पा, दाङ, अर्घाखाँची, बागलुङ र रुकुम पश्चिमसम्म भूकम्पको धक्का पुगेको स्थानीय बासिन्दाले बताएका छन् । साँझको समयमा जमिन एकाएक हल्लिएपछि त्रसित बनेका स्थानीयहरू घरबाहिर निस्किएका थिए ।

भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । केन्द्रविन्दु आसपासका स्थानीय प्रशासन र प्रहरी चौकीहरू मार्फत क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।

नेपालको हिमाली तथा पहाडी भूभाग भूकम्पीय जोखिमका हिसाबले संवेदनशील क्षेत्र मानिने भएकाले केन्द्रले स्थानीय बासिन्दालाई सतर्क रहन र पराकम्प आउन सक्ने सम्भावनाप्रति सचेत हुन आग्रह गरेको छ ।

Shares:

Related Posts

समाचार

खोलाखर्क जग्गा अतिक्रमणबारे छानबिन सुरु, दोरम्बा शैलुङ गाउँपालिकासँग आवश्यक कागजात माग

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–१, खोलाखर्कस्थित सार्वजनिक जग्गामा अतिक्रमण भएको भन्ने उजुरीका आधारमा सब डिभिजन वन कार्यालय दोरम्बाले गाउँपालिकासँग आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ ।जिल्ला प्रशासन कार्यालय रामेछाप
समाचार

पूर्वाधार विकास कार्यालयको कागजमा राजमार्ग, धरातमा धुलो

रामेछाप । जिल्लाको कोलन्जोरघाट–साँघुटार सडक मर्मतको कुरा फेरि पनि उठेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा स्थलगत निरीक्षणमा पुगे र उनले तत्काल सडक सञ्चालनयोग्य बनाउन निर्देशन दिए । स्थानीयलाई भने
समाचार

रामेछाप बस दुर्घटना प्रकरण : चालकलाई कडा कारबाही, पीडितलाई क्षतिपूर्ति र खोजीकार्य तीव्र पार्ने निर्णय

रामेछाप — मन्थली नगरपालिका–६ त्रिवेणी मन्दिर नजिक तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा भएको दुःखद दुर्घटनापछि जिल्ला सुरक्षा समितिले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, बेपत्ता यात्रुको खोजी तीव्र पार्ने तथा दोषीमाथि
समाचार

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ द्धरा जिल्ला प्रहरी कार्यालयलाई पुस्तक हस्तान्तरण

फाल्गुण २ रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा रामेछापले जिल्ला प्रहरी कार्यालय रामेछापलाई पुस्तक हस्तान्तरण गरेको छ । ११ औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर महासंघले

Leave a Reply

Your email address will not be published. Required fields are marked *