समाचार

पुर्ण रुपमा चार घर सहित हावाहुरीका कारण एक दर्जन घरमा क्षति

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँमा हावाहुरीले क्षति पु¥याएको छ । शनिबार दिउँसो आएको तीव्र गतिको हावाहुरीका कारण एक चर्च र तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य आठ घरमा आंशिक क्षति पुगेको छ ।
वडा अध्यक्ष प्रदीप तामाङका अनुसार हावाहुरीले दुरागाउँस्थित साब्रा सालमएजी चर्च विल्डिङको छानो उडाउनुका साथै संरचनामा पूर्ण क्षति पु¥याएको छ । यस्तै, स्थानीय प्रेम बहादुर खड्का, विश्वराज सुनुवार र भक्तमाया सुनुवारको घरको छानो उडाउँदा घरहरू बस्न नहुने गरी क्षतिग्रस्त भएका छन् ।
“दिउँसोको समय भएकाले मानिसहरू कामको सिलसिलामा घर बाहिर थिए, जसका कारण मानवीय क्षति हुन पाएन,“ अध्यक्ष तामाङले भने, “तर भौतिक रूपमा ठूलो नोक्सानी भएको छ । पूर्ण क्षति भएका घरबाहेक अन्य ८ वटा घरमा आंशिक क्षति पुगेको विवरण प्राप्त भएको छ ।“
हावाहुरीले लिखुतामाकोशीमा मात्र नभई जिल्लाका अन्य स्थानमा पनि क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सदरमुकाम मन्थलीस्थित प्रहरी कार्यालयको आफ्नै ट्रस्टमा क्षति पुगेको छ । यस्तै, गोकुलगंगा गाउँपालिका–१, शिवालयमा पनि केही घरहरूको छानो उडाएको प्रहरीले जनाएको छ ।
अचानक आएको विपत्तिपछि स्थानीय तहले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । घरबारविहीन भएका परिवारहरू अहिले छिमेकी र आफन्तकोमा ओत लाग्न बाध्य भएका छन् । राहत र पुनःस्थापनाका लागि पीडितहरूले माग गरेका छन् ।

Shares:

Related Posts

समाचार

LISA मा लिखु गाउँपालिका ओखलढुंगामा पहिलो

ओखलढुंगा– ओखलढुंगा जिलाका १ नगरपालिका र ७ गाउँपालिकामा गरिएको स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा लिखु गाउँपालिका पहिलो बनेको छ । आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक गरेको स्थानिय तह
समाचार

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परे

काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा‍. केशव श्रेष्ठलाई प्रहरीले काठमाडाैँमा सकुशल फेला पारेकाे हाे। जिल्ला प्रहरी परिसरको
समाचार

वास्थ्य क्षेत्र सबैको पहुँचमा हुनु पर्छ ः मन्त्री थापा

स्वास्थ्य क्षेत्र सबैको पहुँचमा हुनु पर्छ ः मन्त्री थापारामेछाप । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्र सबैको पहुँचमा हुनु पर्ने बताएका छन् । आइतबार जिल्लाको खाँडादेवी गाउँपालिका–७
समाचार

आँखा जाँच सिबिरमा १४३ जना कैदि बन्दीहरुले सेवा लिए

रामेछाप । रामेछाप जिल्ला कारागार रामेछापमा शनिवार आँखा जाँच सिबिर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, रामेछाप शर्जिकल आँखा केन्द्र रामेछाप, जिल्ला कारागार रामेछाप र रामेछाप ग्रामीण आँखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *