समाचार

यातायात व्यवस्था कार्यालय, खुर्कोटमा लाइसेन्सको ट्रायल, परीक्षा स्थगित

सिन्धुली । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालय, खुर्कोटले नियमित रूपमा सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आगामी निर्वाचनको तयारीका लागि कार्यालयका कर्मचारीहरू खटिनुपर्ने भएपछि अर्को सूचना नभएसम्मका लागि परीक्षाहरू रोकिएका हुन् ।
कार्यालयद्वारा जारी सूचनाअनुसार कर्मचारीहरू निर्वाचनसम्बन्धी विभिन्न प्राविधिक तथा प्रशासनिक कार्यमा व्यस्त हुनुपर्ने भएकाले नियमित परीक्षा सञ्चालन गर्न असमर्थ भएको जनाइएको छ । निमित्त कार्यालय प्रमुख कृष्ण कुमार गुप्ताले हस्ताक्षर गरेको उक्त सूचनामा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना समेत गरेको छ ।
लाइसेन्सको लिखित र ट्रायल परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीहरू अब अर्को सूचना नआएसम्म पर्खनुपर्ने भएको छ । कार्यालयले थप जानकारीका लागि आफ्नो आधिकारिक फेसबुक पेज र वेबसाइट नियमित रूपमा हेर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

Shares:

Related Posts

समाचार

परियोजना कार्यान्वयन इकाई रामेछाप द्धरा अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र वितरण

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह,
समाचार

शिक्षक बचतको तेह्रौँ साधारण सभा सम्पन्न

रामेछाप पुस २१ । शिक्षक बचत तथा ऋण सहकारी संस्थाको तेह्रौँ साधारण सभामा शनिवार मन्थलीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लक्ष्मण कुमार घिमिरेको अध्यक्षता एवं जिल्ला सहकारी संघ रामेछापका
समाचार

बन्दै गरेको पक्की पुल भाँचियो

रामेछाप । जिल्लाको मन्थली नगरपालिका - ६ कुनौरी र वडा न. ७ ठेडिखोला जोड्ने पक्की पुल भाँचिएको छ । निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै तामाकोशी नदिमा बन्दै गरेको पुल भाँचिएको
समाचार

देशको विकास निर्माणमा सबैको सहकार्य आवश्यक– नगर प्रमुख श्रेष्ठ

मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । जिल्ला कृषि सहकारी संघ रामेछापको शनिवार सम्पन्न छैठौँ साधारण सभामा आफ्नो भनाई राख्दै नगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *